• डा.अरुण कुमार सिंह

नेपालीजनको प्रिय अनि अति विशिष्ट यो चाड, होलीको शुभकामना । मानिसहरूले होलीको दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

बाल बालिकाले पिच्कारी अनि सना साना बेलुनहरुका साथमा मज्जा लिन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्, वयस्ककालागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो ।होलि खुसी को पर्ब हो !

होलि रंगहरुको पर्वमा तपाईले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठुलै स्वास्थ्य समस्या झेल्नु पर्छ । तसैले रमाइलो गर्ने क्रममा रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ ! कानको जाली फुट्न सक्छ !, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । होलि पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । अझ फोहोर पानीले लोला हानियो भने त झन् अन्य थुप्रै समस्या निम्तिन सक्छ।
होलीमा उपयोग गरिने रंग, अबिरमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले रंग वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर सचेत हुन जरुरी छ । होली खेलेपछि धेरैजसो व्यक्तिमा छाला पोल्ने वा छालाको रंग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्या देखिने हुन्छ । रंगहरुमा मिसाइएको विभिन्न रसायनले छालाको भित्री सतहलाइ समेत क्षती पुर्‍याउने गर्दछ । होलीको रंगहरुमा वाइल कलर, केमिकल डाई तथा अन्य विषाक्त पदार्थ हुने भएकाले रंग खेल्दा होस गर्नुपर्छ ।यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् ।
धेरैजसो रंगमा 'हेभी मेटल्स' र विषाक्त पदार्थ हुन्छ ।रंगले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ । छाला रोग पनि हुन सक्छ । चम्किलो रंग क्यान्सरको कारक हुन सक्छ ।अबिरमा एसबेस्टस र अभ्रखसमेत मिसाइन्छ । त्यसैले यो हानिकारक हुन्छ । अबिरले खेलाउँदा दम वा छाला र आँखामा जलन र संक्रमण हुन सक्छ । छाला चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुन सक्छ । डन्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्न सक्छ। होली खेल्दा आँखामा रंग जाने सबैभन्दा बढी पाईन्छ। आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ ।  रंगले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्‍याउँछ । यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुन सक्छ ।


कसरी बचाउने ?

होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंग/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ । टोपी लगाउनु पर्छ । यस्तै, होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ । यसरी रंग छालाभित्र जान पाउँदैन । कपालमा तेल दल्नु पर्छ र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिन्छ । आँखामा रंग वा कुनै रसायन परे तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ । तर, आँखा धुनुपर्छ, जोडले पानी छयाप्ने न गर्नु पर्ने गर्नुपर्छ ।तर यदि तपाईको होलि को रग ले कुनै न राम्रो असर परे भने डाक्टरसँग सल्लाह अवशय लिनुस् ।

 बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान