धरान / नेपाल बसोवास बस्ती संरक्षण समाजको आयोजनामा शनिवार धरानको सुकुम्वासी टोलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बालबालिकाहरुलाई लक्षित गरेर आयोजना गरिएको स्वास्थ्य शिविरमा विपी कोईरावा स्वास्थय विज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहको सहभागीता रहेको थियो ।

सुकुम्बासी बस्ति, सडक बालबालिका, अभिभावकबिहिन बालबालिका तथा विपन्न समुदायका बालबालिकाका लागि उक्त शिविर आयोजना गरिएको हो ।
डा. अरुण विदाको समय धरान, राजबिराज, बिराटनगर, सिरहा, जनकपुरलगायतका शहर र गाउँहरुका बालबालिका, सडक बालबालिका र गरिब बालबालिकाका लागि स्वास्थ्य सेवासँग सम्बन्धित काम गरिरहेका छन् । उनलाई बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अरु स्वास्थ्यकर्मीहरुलेपनि साथ दिएका छन् ।