धरान / व्यापक दवाव पछि प्यासिफिक कन्सट्रसन प्रालिले ठेक्का पाएकाे तरहरा धरान सडककाे बाँकी रहेकाे कालाेपत्रेकाे काम धमाधम सुरू भएकाे छ ।

लामाे समयदेखि नियमित काम नहुँदा इटहरीबाट धरान हुँदै पूर्वी पहाडी क्षेत्रकाे यात्रा कष्टकर बन्दैं गएकाे थियाे । रानी- धरान ६ लेनकाे सडक अन्तरगतकाे तरहरा - धरानकाे करिव १० किमी सडकमा २५ सय मिटर बाँकी थियाे । दुई किमी सडक यही हप्तामा पूरा हुने र बाँकी ५ सय मिटरकाे कालाे पत्र यही भित्र सम्पन्न हुने कन्स्ट्रक्सनका सिनियर ल्याव टेक्निसियन अनिल देवकाेटाले जानकारी दिनु भयाे ।

साे क्षेत्रकाे सडक नबन्दा स्थानीय जनप्रतिनिधिहरूले आलाेचना खेपिरेका थिए ।

शुक्रबार सुनसरी क्षेत्र नं. १(२)का प्रदेश सभा सदस्य विजय राई, नेकपा एमाले काेशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, जिल्ला सचिवालय सदस्य नारायण सुवेदी,धरान उपमहानगरपालिका २ नं. वडाध्यक्ष रमेश राई, १८ नं. वडाध्यक्ष नरेन्द्रकुमार राई, वडा नं. १० का वडा सदस्य शम्शेर बर्देवा, यातायात व्यवसायी महासंघ काेशी प्रदेशका अध्यक्ष सराेज श्रेष्ठलगायतकाे टाेलीले सडककाे अनुगमनसमेत गरेकाे छ । सडक पनि ढिलाे बन्याे, बनेकाे पनि कमसल नहाेस् भनेर निर्माण कम्पनि र सडक आयाेजनालाई ध्यानाकर्ष गराएकाे प्रदेश सभा सदस्य विजय राईले जानकारी दिनु भयाे ।

एका तर्फकाे दुई लेनकाे कालाे पत्रे शुक्रबार पूरा हुदैछ । भाेलीदेखि एकतर्फी सडक सुचारू हुने आयाेजनाले जनाएकाे छ ।

सडक निर्माण गुणस्तरिय बनाउन सबैकाे खवरदारी जरूरी भएर माननीय ज्युसहित अनुगमनमा गएकाे मजदुर नेता ज्वालाले जानकारी दिनु भयाे ।

उहाँका अनुसार सडक बन्न ढिलाई हुँदा ८२ वटा दुर्घटनामा १० जनाकाे ज्यान गएकाे छ । १४१ जना घाइते भएका छन्  ।

२०८० असारसम्ममा सबै सडक निर्मणा सकिने गरि काम भइरहेकाे डिभिजन प्रमुख इन्जीनियर राजेन्द्रप्रसाद साहले जानकारी दिनु भयाे । याे सडक २०७६ सालमा सरकारसँग ठेक्का सम्झाैता भएकाे थियाे ।

IMG-20240322-WA0000