धरान । धरान उपमहानगरपालिकाको नगर गौरवको आयोजना अन्र्तगत धरान १५ स्थित लाङ्घाली चौकदेखि महादेवचौकको शहिद मार्ग अब पक्की सडक बन्ने भएको् छ । 

उपमहानगरपालिकाको वहुवर्षीय योजना अन्र्तगत लाङघाली चौकदेखि पूर्व हुँदै महादेव चौक सम्म ८ सय मीटरको ५० फिट फराकिलो पक्की सडक बन्ने भएको हो । धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारमका अनुसार आर्थिक वर्ष २०७९।०८० को वजेटद्धारा नगरको गौरवको आयोजना अन्र्तगत ८ करोड वजेट मार्फत पक्की सडक निर्माण कार्य धमाधम भइरहेको छ । २०८१ साल माघसम्म निर्माण सम्पन्न गर्ने गरि तीव्र गतिमा काम भईरहको उहाँले जानकारी दिनु भयो । 

३० फुटे कच्ची बाटोलाई पक्की वनाउनको लागि यस अघि वडाले २०७५ सालदेखि नै स्तर उन्नतीसहित पक्की सडक वनाउनको लागि नगर गौरबको आयोजना अन्र्तगत काम थालनी गरेको थियो । आर्थिक वर्ष २०७५।७६ मा १ करोड वजेट मार्फत सडकलाई स्तर उन्नती गर्ने कार्यको थालनी गरेको थियो भने आर्थिक वर्ष ०७७।७८ मा पनि ६० लाखको वजेटबाट थप स्तर उन्नतीको कामलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७९।०८० मा भने ८ करोडको वजेट मार्फत निर्माण कार्यलाई अन्तिम रुप दिनको लागि काम दु्रत गतिमा भइरहेको वडाध्यक्ष इवारमले बताउनु भएको छ ।

उहाँले भन्नु भयो, “यो बाटो धरानको पानबारीसहित मोरंङ जिल्लाको केराबारीलाई समेतका वासिन्दालाई लाभ पुर्याउँदै आएको निकै पुरानो बाटो हो । यस बाटाले धरानसम्म आएर अन्य जिल्लाका शहरसम्म जानको लागि सहज वनाउँदै आएको भए पनि सडक विस्तारको काम भने हुन सकिरहेको थिएन । स्थानीय तहमा पहिलो जनप्रतिनिधी हामीलाई जनताले जिताएर पठाए । वडाले पनि धुलोमुक्त सडक बनाउने उद्देश्य अनुरुप यो बाटोलाई पनि सडक वनाउन पहिलो प्राथमिकतामा राखेर काम थालनी गरेका उहाँले बताउनु भयो ।  

३० फुटको बाटोलाई  ५० फिटको बाटो वनाउनको लागि तत्कालिन धरान उमहानगरपालिकाको कार्यबाहक मेयर मन्जु भण्डारीको पहलमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गरी सडक विस्तारको काम थालनी भएको थियो ।     

 धरानको वडा नम्बर ५, वडा नम्बर ६ सहित मोरङको केराबारीलाई समेत जोड्ने निकै पुरानो. बाटो भए पनि अहिले मात्रै फराकिलो पक्की सडक वन्ने कार्य भएको हो । सडक वनेपछि मोरङको केराबारीसम्मको वासिन्दालाई आवात जावातमा सहज हुने निश्चित छ ।