धरान  / धरान १५ स्थित श्रद्धञ्जली मार्गको नाम परिवर्तन गरि श्रद्धा मार्ग कायम गरिएको छ । पूर्वाधार विकास कोषबाट बालोपत्र गरिएको उक्त सडकको कालोपत्रे भएको एक बर्ष पछि नाम परिवर्तन गरिएको हो । १५ नं. वडाका अध्यक्ष नरेशकुमार इवारामले नयाँ नामको शुक्रबार शुभाराम्भ गर्नु भएको छ । 

धरान उपमहानगर र स्थानीय उपभोक्ताको सहमतिमा नाम परिवर्तन गरेर श्रद्धामार्ग राखिएको हो। ३६ लाख रुपैयाँको कुल लागतमा निर्माण भएको सडक चार सय ५० मिटर लम्बाइ र २० फिट चौडाइ रहेको छ। 

सड़क निर्माणमा उपभोक्ता समूहले कुल लागतको ५० प्रतिशत रकम सङ्कलन गरेको कोषाध्यक्ष दीपककुमार राईले जानकारी दिनु भयो । गत मसिर ७ गते धरान उपमहानगरपालिकाको कार्यपालिकाका निर्णय गरेर नाम परिवर्तन गरिएको हो । 

स्थानीयको पहलमा सडकमा सिसि क्यामेरा जडान

सो सडक आसपासमा सानातिना चोरीका घट्ना बढे पछि स्थानीय उपभोक्ताहरुको सक्रियतामा सिसि क्यामेरा जडान गरिएको छ । एक लाख ५० हजार लागतमा सडको नौ स्थानमा सिसि क्यामेरा जडान गरिएको स्थानीय दीपेन्द्रकुमार कार्कीले जानकारी दिनु भयो । अन्य तीन स्थानमा थप तीन वटा क्यामेरा थप्ने तयारी गरिएको उहाँले बताउनु भयो ।