धरान /  धरानस्थित डिपोट स्कुलको आयोजनामा सम्पन्न १८ औ ललित अम्वर डिपो कपको फाइनलमा पुलिस स्कुल र बराह राइजिङ स्टार फाइनलमा प्रवेश गरेका छन् । 

       बुधबार भएको सेमिफाइनल खेलमा पुलिस स्कुलले एक्वा स्कुललाई २-० र बराह राइजिङले देउराली चिल्ड्रेन एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेका  हुन । 

          पहिलो सेमिफाइनल खेलमा पुलिसका रोयल चौधरी र अङ्शु बास्फोरले गोल गर्नु भयो ।  उक्त खेलमा एक्वा स्कुलका युनिक रुचाल अफ द म्याच घोषित हुनु भयो । दोस्रो खेलमा बराह राइजिङका शिशिर कार्की, सुबोध कटुवाल र कान्जी राईले गोल गर्नु भयो । सो खेलमा देउराली चिल्ड्रेनका युसन राई म्यान द म्याच घोषित हुनु भयो । उनीहरुलाई डिपो स्कुल ब्यवस्थापन समिती सदस्य तथा नेकपा एमाले नेता सूर्य पन्धाक लिम्बू र दिपबहादुर राइले टर्फी र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । 

 यसै गरि डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित दिलकुमार प्लेट च्याम्पियन तर्फ बुधबार भएको सेमिफाइनल खेलमा मर्निङ स्टारले प्रभात स्कुललाई २-१ र कार्मेल स्कुलले बिष्णु स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । प्लेट च्याम्पियन उपाधिका लागि बिहिबार कार्मेल र मर्निङ स्टार र तेस्रो उपाधिका लागि एक्वा स्कुल र देउराली चिल्ड्रेनले प्रतिस्पर्धा गर्नेछन् ।

              लर्ड बुद्ध इन्टरनेसनल फेरी कारवाहीमा 

 लर्ड बुद्ध इन्टरनेसनल स्कुलले प्रतियोगिताको नियम भन्दा बाहिरको खेलाडी खेलाइएको पाए पछि बराह राइजिङ स्टार स्कुल सेमिफाइनल प्रबेश गरेका हुन । मङ्गलबार लर्ड बुद्ध र बराह राइजिङ बिचको खेल सकिए पछि  लर्ड बुद्ध स्कुलले प्रतियोगिता नियम भन्दा  बाहिरका खेलाडी खेलाएको भन्दै बराह राइजिङ स्कुलले आयोजकलाई निबेदन दिएका थिए । सोही आधारमा आयोजकले छानबिन गर्दा नियम बाहिरका खेलाडी सहभागी गराइएको पाए पछि लर्ड बुद्ध स्कुललाई प्रतियोगिताबाट निम्बन गरिऐको छ । लर्ड बुद्ध निलम्बनमा परे पछि बराह राइजिङ स्कुललाई बिजयी घोषित गरिएको आयोजकले जनाएको छ । लर्ड बुद्ध र बराह राइजिङ स्कुल बिच भएको खेलमा लर्ड बुद्ध २-० गोल अन्तरले बिजयी भएको थियो  । मंगलबारको खेलमा हिमशिखर स्कुल पनि नियम विपरित खेलाडी प्रवेश गराए कारण कारवाहीमा परेको थियो ।

प्रतियोगिताको सम्पूर्ण खेल डिपो स्कुलको खेलमैदानमा सम्पन्न भइरहेको छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने आयोजकले जनाएको छ ।