धरान  / धरानस्थित डिपोट स्कुलको आयोजनामा सम्पन्न १८ औ ललित अम्वर डिपो कपमा मंगलवार भएको क्वाटरफाइनल खेलमा एक्वा स्कुल र लर्ड बुद्ध स्कुल बिजयी हुदै सेमिफाइनल प्रवेश गरेका छन् । 

       मङ्गलबार भएको क्वाटर फाइनल खेलमा एक्वा स्कुलले दिल्ली पब्लिक स्कुललाइ २-१ र लर्ड बुद्ध स्कुलले बराह राइजिङ स्टार स्कुललाइ २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेका हुन ।

          पहिलो खेलमा एक्वाका एनिस रार्इ र निसान चौधरीले गोल गर्नु भयो । दिल्ली पब्लिकका सार्थक खवासले  पेलाल्टी मार्फत गोल गर्दै एक गोल फर्काउनु भयो । उक्त खेलमा दिल्ली पब्लिकका सार्थक खवस म्यान अफ द म्याच घोषित हुनु भयो। दोस्रो खेलमा लर्ड बुद्धका कृष चौधरी र सुसान्त भुजेलले १र१ गोल गर्नु । सो खेलमा  बराहा राइजिङका गोलकिपर साम्गेन तामाङ म्यान द म्याच घोषित हुनु भयो । 

यसै गरि डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित दिलकुमार प्लेट च्याम्पियन तर्फ मङ्गलवार भएको खेलमा  प्रभात स्कुलले माउन्ट हर्मनलाई ४-० र बिष्णु स्कुलले टाइबेकरमा समिट स्कुललाई ३-० गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा प्रभातका आशिष् राइले आफैले चारै गोल गर्नु भयो । दोस्रो खेलमा टाइबेकरमा सक्षम थापा, दिवेश लिम्बू र रोनिलहाङ राइले गोल गर्नु भयो । 

        भोलिको  पहिलो सेमिफाइनल खेल पुलिस स्कुल र एक्वा सेकन्डरी स्कुल र दोस्रो सेमिफाइनल खेल  देउराली चिल्ड्रेन एकेडेमी र लोर्ड बुद्ध स्कुल बिच हुनेछ । 

            हिमशिखर स्कुल तरहराले खेल्न पाएन 

 हिमशिखर स्कुल तरहराले प्रतियोगिताको नियम भन्दा बाहिरको खेलाडी खेलाइएको पाए पछि उसले प्रतियोगितामा सहभागी हुन पाएन । नेपाल पुलिस स्कुल सेमिफाइनलमा स्वत प्रबेश गरेको हो । सोमबार नेपाल पुलिस र हिमशिखर बिचको खेल सकिए पछि  हिमशिखर स्कुलले प्रतियोगिता नियम भन्दा  बाहिरका खेलाडी खेलाएको भन्दै पुलिस स्कुलले आयोजकलार्इ निबेदन दिएको थियो । सोही आधारमा आयोजकले छानबिन गर्दा नियम बाहिरका खेलाडी सहभागी गराइएको पाए पछि हिमशिखर स्कुललाई प्रतियोगितामा सहभागी हुन प्रतिबन्ध लगाएको थियो । नेपाल पुलिस स्कुल र हिमशिखर स्कुल बिच भएको खेलमा हिमशिखर स्कुल १-० गोल अन्तरले बिजयी भएको थियो 

   तस्विरः विकास चाम्लिङ राई