धरान / धरानस्थित डिपोट स्कुलको आयोजनामा सम्पन्न १८ औं ललित अम्वर डिपो कपमा हिमशिखर स्कुल तरहरा र देउराली चिल्ड्रेन एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबारदेखि सुरु भएको क्वाटर फाइनल खेलमा हिमशिखर स्कुलले नेपाल पुलिस स्कुललाई १-० र देउराली चिल्ड्रेनले समेत मेरिल्याण्ड स्कुललाइ १-० गोल अन्तरले नै पराजित गर्दै सेमिफाइनल प्रबेश गरेका हुन ।
पहिलो क्वाटरफाइनल हिमशिखरका मन्जिल श्रेष्ठ र दोस्रो क्वाटरफाइनल खेलमा देउरालीका धिरज लिम्बुले गोल गनुै भयो । पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिसका नितेस चौधरी र मेरिल्याण्ड स्कुलका गोलकिपर अकिलेस मगर म्यान अफ द म्याच घोषित हुनु भयो । उहाँहरुलाइ नेपाल प्याराग्लाइडिङ संघका केन्द्रिय अध्यक्ष भूपाल चाम्लिङ राई र पूर्व राष्ट्रिय फुट्बल खेलाडी इन्दु रसाइलीले प्रमाणपत्र र ट्रफी प्रदान गर्नु भयो ।
यसै गरि डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित दिलकुमार प्लेट च्याम्पियन सोमबार देखि सुरु भएको छ ।
प्लेट च्याम्पियनको पहिलो खेलमा मर्निङ स्टार स्कुलले आयोजक डिपो स्कुललाइ १-० र दोस्रो खेलमा कार्मेल स्कुलले हिबिकसलाइ ३-० गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा मर्निङ स्टारका जीवन बिष्टले निर्णायक गोल गरे भने , दोस्रो खेलमा कार्मेलका दशेन मगरले तीनै गोल आफ्नै नाममा लेखाउदै ह्याट्रिक गर्नु भयो ।
भोलिको पहिलो क्वाटर फाइनल खेल एक्वा सेकेन्डरी स्कुल र दिल्ली पब्लिक र दोस्रो क्वाटरफाइनल खेल बराह राइजिङ र लर्ड बुद्ध स्कुल बिच हुनेछ । प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको खेलमैदानमा सम्पन्न भइरहेको छ ।
तस्विरः विकास चाम्लिङ राई