चितवन  /  चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् ।

  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साह दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताउनुहुन्छ । मदिराजन्य पदार्थले कलेजो, घाँटी, पेट, स्तन तथा आन्द्राको क्यान्सरको जोखिम बताउने उहाँको भनाइ छ ।

  डा साहले भन्नुभयो, “रातो मासुको अत्याधिक प्रयोगले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।” पोलेको डढेको मासुमा पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन नामक तत्व उत्पन्न हुने भन्दै उहाँले यसले पेटको क्यासरको जोखिम बढाउने बताउनुभयो ।

  प्रशोधित मासु र अन्य खानेकुरा खानाले नाइट्राइट र नाइट्रेटजस्ता तत्व उत्पन्न गर्ने भन्दै उहाँले यसले क्यान्सरको जोखिम बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै गुलियो खानेकुरा खाँदा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।”

  चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी एक दिनमा एक जनाले ५० देखि ७० ग्रामभन्दा बढी मासु खान नहुने बताउनुहुन्छ । उहाँले मासु दैनिक पनि प्रयोग गर्न नहुने भन्दै हप्तामा दुई पटकसम्म खान सकिने बताउनुभयो ।

  मासुमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटुका रक्तनलीहरु बन्द हुने सम्भावना हुने भन्दै डा साहले भन्नुभयो, “दैनिक एक सय ग्रामभन्दा बढी मासु खाने मानिसहरुलाई मुटुको हृदयघात हुने सम्भावना १५ प्रतिशतले बढ्छ ।” नियमित मासु सेवन गर्ने मानिसलाई मधुमेह र उच्च रक्तचापको पनि जोखिम हुने उहाँको भनाइ छ ।

  मासु बोसो र छाला फालेर थोरै मात्र प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मासुमा धेरै तेल, मसला र नुनको प्रयोग गर्नु हुँदैन ।” कोलेस्ट्रोल कम गर्न कुखुराको मासु राम्रो हुने भन्दै डा साहले कुखुराको मासुमा पनि छाला हटाएर खाँदा कोलेस्ट्रोलको मात्रा झन् घट्ने बताउनुभयो । उहाँले खसी बोकाभन्दा माछा खान उत्तम हुने सुझाव दिनुभयो ।

  वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी चाडपर्वमा सन्तुलित खाना खान सुझाव दिनुहुन्छ । रातो मासुभन्दा सेतो मासुमा जोड दिन उहाँको आग्रह छ । उहाँले भन्नुभयो, “रातो मासु र सेतो मासुमा स्वास्थ्यको हिसाबले हे¥यो भने चिल्लोको मात्रा  कम हुने, अनावश्यक कोलेस्ट्रोल नहुने, पटक पटक लिँदा पनि ज्यानलाई पाचन  प्रक्रियामा समस्या नहुने हिसाबले सेतो मासु राम्रो ।” सेतो मासुमा पनि कुखुराको छातीमा चिल्लो पदार्थ न्यून हुने भएकाले प्रयोग गर्न राम्रो हुने उहाँ बताउनुहुन्छ ।

  छाला नभएको मासुमा सबैभन्दा धेरै प्रोटिनको मात्रा हुने जानकारी दिँदै डा अधिकारी भन्नुभयो, “कुखुराको मासु सय ग्राम खाँदा करिब ४० ग्राम प्रोटिन पाइन्छ । हाम्रो शरीरलाई दिनमा ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । एक सय ५० ग्राम खान मिल्यो ।”

  त्यही कुरा रातो मासुमा पनि लागू हुने भन्दै डा अधिकारी भन्नुभयो, “एक सय ५० देखि दुई सय ग्राम रातो मासु आठ घण्टाको फरकमा खान मिल्छ ।” मासु स्वादका लागि खाने भएको हुनाले नुन, चिल्लो, अमिलो, पिरो, मसला बढी प्रयोग गर्ने गरिन्छ । विश्वमा सात जनामध्ये एक जनालाई उच्च रक्तचाप, अर्को एक जनालाई मधुमेह र अर्को एक जनालाई कोलेस्ट्रोल देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

  फ्रिजमा राखेर मासु खान नहुने भन्दै उहाँले भन्नुभयो, “पोलेर, साँधेर, तारेर, भुटेर, सुकुटी बनाएर खानु स्वस्थकर होइन ।” सामान्यतया नुन चिल्लो कम गरेर पकाएर नै खानु स्वास्थ्यका लागि राम्रो हुने उहाँ बताउनुहुन्छ । मासुसँगै धुम्रपान र मदिराको सेवन थप हानिकारक हुने डा अधिकारीको भनाइ छ । मासु खाएको समयमा फलफूल, सागपात खान उहाँले सुझाउनुभयो ।

कुन मासु खाने, कुन नखाने 

(फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु नखानु राम्रो

– बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने

– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा खानु हुँदैन । किनभने काँचो मासु नै रोगको भण्डार हो ।

– पोलेको मासु (सेकुवा, हाकु छोइला आदि० सकेसम्म नखाने । किनकि पोलेको मासु राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधीक हुन्छ ।

– राम्ररी पखालेको र पाकेको मासुमात्र खाने

– धेरै मसला र तेलीय पदार्थ कम प्रयोग गर्ने

– बोसो र छालारहित मासु प्रयोगमा जोड दिने

यसरी सर्छ मासुबाट रोग

– काँचो, नपाकेको र पोलेको कालो मासु खाएमा

– बिजुली नभएका बेला प्रिmजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा

– फ्रिजमा राम्रो भण्डारण प्रक्रिया नअपनाएमा

– मासु काट्ने स्थान, अचानो, काट्ने चक्कु तथा हतियार सफा नभएमा

– सडेगलेको मासुमा लोभिएमा

– मासुका परिकार तयार पार्ने व्यक्ति ९कुक० स्वस्थ नभएमा

– अस्वस्थ्य तथा बिरामी पशुपन्छीको मासु खाएमा

– बध गर्नेवित्तिकै पकाएर खाएमा

स्वस्थ्य मासु कसरी छान्ने 

(मासु हलुका गुलाबी, हरियो वा प्याजी रंगको भए त्यो खान अयोग्य भइसकेको हुन्छ

– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ

– मासु सफा र चलेको फ्रिजमा अलग(अलग गरी छोपेर राखेको हुनुपर्छ

– मासु काट्दा र समाउँदा तन्के जस्तो हुनु हुँदैन

– मासु पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काट्नेको तरिका, तराजु सफा छ कि छैन हेर्नुपर्छ

मासु भण्डारण गर्ने तरिका

– काँचो र पाकेको मासु एकै स्थानमा नराख्ने ।

-मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै नराख्ने

-ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । योभन्दा राम्रा फ्रिजिङका माध्यमहरू पनि छन्, जुन व्यावसायिक संस्थाहरुमात्र हुन्छन् ।

-मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुकै तरल पदार्थ तल्लो सतहमा राखिएका अन्य परिकार, सागसब्जी, फलफूलमा पर्ने सम्भावना हुन्छ ।

दशैंमा ध्यान दिनुपर्ने कुराहरू

-घरमा आफैंले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने

-विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने

-सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने

-टीका लगाउन जाने क्रममा दैनिक मासु नखाने

-मासु खानेवित्तिकै आइसक्रिम, दही, क्रिमका परिकारहरु नखाने

-दैनिक शारीरिक व्यायाम गर्ने

-आफूलाई स्वस्थ नभएको महसुुस नभएमा माछा(मासुको प्रयोग गर्दै नगर्ने

-सुरक्षित उपायहरु अपनाएर भण्डारण गरेरनगरेको आफैंले निरीक्षण गरेर मात्र खाने

-आफूले मासुसम्बन्धी पाएको जानकारी परिवार तथा आफन्तजनमा पनि बाँड्ने