धरान  / धरान उपमहानगरपालिका–५ स्थित अँधेरीखोलामा निर्माण भएको झोलुंगे पुलको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उद्घाटन गर्नु भएको छ । 

देश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहतको सस्पेन्सन ब्रीज डिभिजनको लगानीमा आँपटार र ठिंगबारी गाउँको बीचमा रहेको अँधेरी खोलामा दुई सय ३३ मिटर लामो सस्पेन्सन झोलुंगे पुल निर्माण भएको हो ।  एक करोड आठ लाख ४२ हजार ९१५ रुपैयाँ लागतमा उक्त पुल निर्माण भएको धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले जानकारी दिनु भएको छ ।   पुलको भारवाहन क्षमता ७० मेट्रिक टन रहेको प्राविधिकले बताएका छन् ।  

पुल निर्माण भएपछि ठिंगबारी र आँपटार हुँदै धरानको बजारसम्म स्थानीय जोडिएका छन् । पुल नहुँदा ठिंगबारी र आँपटारका स्थानीयलाई किनमेलमा असहजता थियो ।