धरान । धरान –१७ स्थित ठकुरी पुलदेखि दक्षिणमा वसोवास गर्ने डाँफे मार्गका टोलवासीहरु ठकुरी खोलाको उच्च जोखिममा छन् । अविरल वर्षासँगै खोलामा आउने वाढीका कारण त्यहा रहेका ६२ घर परिवार उक्त खोलाको उच्च जोखिममा परेको त्यहाँ वसोवास गर्नेहरुले वताउनु भएको छ । 


ठकुरी पुलदेखि दक्षिण पट्टिको भाग खोलामा आउने वाढीका कारण कटान नै शुरु गरेको छ ।खोलाले कटान शुरु गरेपछि बाढी आएको खण्डमा धरान १७ स्थित डाँफे मार्गको टोलवासीलाई असर गर्ने स्थानीय विवेक राइले वताउनु भएको छ  ।उहाँले भन्नु भयो,‘खोलाले दिनानु दिन कटान गर्दै गएको छ, वस्ती नै जोखिममा पर्ने भएको छ ,वर्षातको समयमा आउने वाढीले वस्ती उठिवास लगाउँछ,हामीलाई बाँच्नको लागि धेरै गाह्रो हुने भयो।’ उहाँका अनुसार उक्त खोलामा धरानका विभिन्न वडाबाट निस्कने ढलको पानी समेत मिसिने गरेकाले समस्या हँदै आएको छ ।   

3 3

धरान  उपमहानगर वडा नम्बर ११, १२, १३, १६, १७, १८ समेत ढलको पानी ठकुरी खोलामा वग्ने गरेको छ ।सर्दु खोलाको सहितको पानी र ढलको निकासले समेत खोलामा आउनृे वाढीले त्यस आसपास वसोवास गर्नेहरुको जनजीवन प्रभावित हुँदै आएको छ ।   उक्त खोला वर्षा यामको वाढीको कारण शीरदेखि पुछार सम्मकै वस्तीलाई असर पु¥याउँदै आएको छ । वाढीले वर्षेनी वस्ती कटान गर्ने गरेको छ ।

4

वाढीलाई नियन्त्रण गर्नका लागि स्थानीयहरुको पहलमा नै वर्षेनी श्रमदान गरेर प्रयास भने गरि नै रहेका छन् ।  धरान उपमहानगरपालिका र विभिन्न सहयोगी दाताहरुको सहयोगमा खोला नियन्त्रणको लागि वाल पनि निर्माण गरिएको छ । तर वस्तीको सिरानमा रहेको मुख्य भाग नै खोलाको कटान परेपछि वस्ती उच्च जोखिममा परेको हो भने उक्त वाल पनि वाढीले कटान गर्दै लगेको छ । 

5

खोलामा बाँध बाँध्न स्थानीय आफै जुटे

खोलालाई नियन्त्रण गर्नका निम्ति स्थानीयवासीहरु मिलेर ठकुरी पुलदेखि दक्षिणमा कटान भएको क्षेत्रमा सहयोगहरु जुटाएर वाँध बाँध्न शुरु गरेका छन्  । त्यसका लागि स्थानीय दिनेश राईको पहल कदमी द्धारा खोला नियन्त्रण गर्नको लागि पहल भइरहेको तल्लो फोक्लेन टापुको टोल विकास समितीका सचिव सृजन राईले वताउनु  भएको छ ।उहाँले भन्नु भयो, हामीलाई जति सक्दो दीर्घकालिन योजना भएर काम गर्नु सके देखि हामीलाई ढुक्क हुने थियो,तर पनि हामी आफैंले तत्कालको लागि तार जाली लगाउनको लागि काम गर्दैछौ,यसपाली पनि दाताहरुको सहयोगमा खोला रोकथामको लागि काम गदैछौ तर भरपर्दो योजना चाहि पाउन सकिएको छैन ।’

6

 बाँध बाँध्नको लागि धरानका एन्फा कोशी प्रदेशका उपाध्यक्ष किशोर राई, नरेश अग्रवाल र सपन श्रेष्ठ  लगायतले केही जाली सहयोग गर्नु भएको छ । क्रमसः सहयोगी दाताहरुको सहयोगमा आउने शनिवार डाँफे टोलवासीहरुले श्रमदान गर्ने भएका छन् । गाउँवासी नै मिलेर यही आउने शनिबार श्रमदान गर्ने तयारी छ। त्यहाँका खोला पीढितहरुले स्थानीय सरकार,संघीय सरकार र प्रदेश सरकारका   प्रतिनिधीहरुलाई समेत खोला नियन्त्रण गर्नको लागि अनुरोध गरेका छन् । उक्त वस्ती २०६५ सालमा स्थापित भएको वस्ती हो ।

तर खोला नजिकै भएको र खोलाले वर्षेनी कटान गरेपछि वर्षा याममा भने वाढी आउने त्रासका कारण रातभर निदाउँदैनन् । उक्त खोलाले यसअघि पनि १५ घर परिवारलाई विस्थापति गरेको वताइएको छ ।    

खोला नियन्त्रणको लागि १० लाख वजेटः वडाध्यक्ष भट्टराई  

धरान उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले उक्त वस्तीको समस्या समाधान गर्नका निम्ति  भर्खरै मात्र सिंचाइ कार्यालयको १० लाख योजना परेकोले अव खोलाको समस्या समाधान गर्नको लागि काम शुरु हुने वताउनु  भएको छ । उहाँले भन्नु भयो,‘उक्त वस्ती जोगाउनको लागि स्थानीय सरकार साथमा रहेकाले खोला नियन्त्रणको लागि पहल हुने प्रतिवद्धता व्यक्त गर्दछु ।