- नगिता लेप्चा राई
पर्ख न अरु दुई-चार वर्ष
एउटा सुन्दर झुपड़ी बनाउनुपर्छ
दस रुपियाँ नपत्याउने पल्लोघरे दिदीलाई
कौशीमा बसेर देखाउनुपर्छ।
कति लाउँछौ गन्हाउने फरिया र चुड़िएको चप्पल
अब त नयाँ किन्नुपर्छ
नयाँ र सुखिलो लुगा पहिरएर हामी पनि
आम मान्छेजस्तै हिँड़नुपर्छ।
बहिनीको बिहेमा लिएको श्रृण तिर्न सकुँ
टुक्रा-टुक्रा भएको लट्ठी फेर्न सकुँ
धेरै कमाउनु छैन मलाई
सकुशल मातृभूमि फर्किनु सकुँ।
तिमिलाई वाचा गर्छु आमा
मेरो कारण तिमीले कसैको कटुवचन सुन्नुपर्ने छैन
घर बनएर घरको चाबी (साँचो) तिम्रो हाथमा सुम्पिन्छु
ता कि बुडेसकालमा बृद्घाश्रममा जानुपर्ने छैन।
बस मेरो शीरमा हात राखी आशीर्वाद दिनू आमा
कि मेरा प्रगतिका पाइलाहरू
कहीँ कतै नरोकिउन्,
कहीँ कतै नठोकिउन्।
सिलिगुड़ी, भारत