धरान । सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनु भएको छ । निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश थापालाई १ हजार ३५० मतले पराजित गर्दै बस्नेत विजयीहुनु भएको हो ।  बस्नेतले ११ हजार १०२  मत प्राप्त गर्दा थापाले ९ हजार ७५२ मत प्राप्त गर्नुभएको थियो । सुनसरी १ (१) मा ३९ हजार ७२६ मत खसेको थियो । तेस्रो स्थानमा राप्रपाका उद्धव श्रेष्ठले ८ हजार ३६३ मत प्राप्त गर्नु भएको छ । 

संघर्षबाट उदाएका नेता बस्नेतले पार्टीमा लामो संघर्ष पछि प्रदेश सभाको यात्रा तय गर्न सफल हुनु भएको छ । उहाँ नेकपा एमालेमा एक पूर्णकालिक संगठकको रुपमा रहनु भएको थियो । 

शिक्षकको जागिरदेखि प्रदेश सभाको यात्रा 

२०२२ सालमा मोरङको साविक याङसिला गाविस  हालको केरावारीमा जन्मनु भएका बस्नेत साविक पाँचकन्या गाविस हालको धरान–६ मा २०३३ सालदेखि बसोवास गदैं आउनु भएको थियो । 

कक्षा ७ मा पढ्दादेखि नै पञ्चायती व्यवस्था विरुद्ध तत्कालिन नेकपा मालेको विद्यार्थी संगठनमा आवद्ध भएर समाज रुपान्तरणको राजनीतिक अभियानमा होमिएका बस्नेत चार दशकदेखि समाज रुपान्तरणकै अभियानमा ईमान्दारीपूर्वक लागिरहनु भएको थियो ।  महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गर्दा अनेरास्ववियुमा सक्रिय भएको भन्दै मण्डलेहरुबाट मरणासन्न हुनेगरी उहाँ माथी आक्रमण पनि भएको थियो । उहाँ त्यस बेला लामो समयको उपचारपछि मात्रै सामान्य जीवनमा फर्किनु भएको इतिहास छ ।   

स्थायी शिक्षकको सरकारी जागिरमा रहनु भएका बस्नेतले पार्टीको आग्रहमा २०४८ सालमा राजीनामा दिएर सम्पूर्ण जीवन समाजसेवामा समर्पण गर्नु भएको थियो । पार्टीले पूर्णकालिन राजनीतिमा लाग्न निर्देशन दिएपछि सरकारी जागिर छाडेर राजनीतिमा उहाँ होमिनु भएको थियो ।  २०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनु भएका बस्नेतले  सानदार जित हासिल गर्नु भएको थियो । जनताको काम राम्रो गरे पछि उहाँलाई पुन दोश्रो कार्यकालका लागि २०५४ सालमा जनताले अनुमोदन गरेका थिए । पार्टीमा धरान नगर कमिटि सदस्य, क्षेत्रीय समन्वय कमिटिको सह–संयोजक, जिल्ला कमिटिको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुदै अहिले नेकपा एमालेको एक नं. प्रदेश कमिटि सचिवालय सदस्यको जिम्मेवारीमा रहनु भएको छ । 

प्रजातन्त्र स्थापना पछि गाविसमा निर्वाचन लडे्न पाउनु भए पनि त्यस पछि उहाँ कुनै राजनीतिक लाभको पदमा पार्टीले मौका दिन सकेको थिएन् । यस पटक पार्टीले उहाँलाई प्रदेश सभामा उम्मेदवार बनाए पछि उहाँले पाँच बर्षका लागि प्रदेश सभा यात्रा तय गर्ने मौका पाउनु भएको छ । 

उहाँ सादकी, इमान्दार, कतव्यनिष्ट नेताको रुपमा सुनसरीमा चिनिनु हुन्छ ।  पार्टीमा काम गर्दा बस्नेतको छवि सरल, सालिन, क्षमतावान् तथा दुर दर्शकका रुपमा रहेको छ । ४२ वर्षे राजनीतिक यात्रामा स्वच्छ छविका नेताको रुपमा चिनिने बस्नेत पार्टीले दिएको जिम्मेवारी सफल रुपमा बहन गर्न सक्ने क्षमता समेत राख्नु हुन्छ । कोही कसैलाई भनेर नविझाउने बस्नेतको सरल स्वभावकाा कारण जनताले उहाँलाई अनुमोदन गरेको धेरैको बुझाई छ । 

अहिले राजनीतिक दलप्रति वितृष्णा देखिन थालेको छ । विशेष गरी दलहरु सरकार बनाउने खेलमा लाग्दा जनताका मुद्दा किनारा लगाएर आफ्नो स्वार्थमा लिप्त हुँदा जनताले अहिले राजनीतिक दललाई विश्वास गर्न सकिरहेका छैनन् । तर नेकपा एमालेले बस्नेतलाई उम्मेदवार बनाएपछि निर्वाचन क्षेत्रका मतदाता समेत बस्नेतसँग आशावादी देखिएका छन् । 

समाजवाद स्थापनाको सपना देखेर आफु र आफु आवद्ध दल राजनीतिमा होमिएको उहाँको बुझाइछ ।  उहाँ गाविस अध्यक्ष हुँदा मुलुकमा यहीक्षेत्रबाट चुनाव जितेर जानुभएका  मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो । गाविसमा उहाँले निकै लोकप्रिय काम गरेका कारण जनताले यस पटक उहाँलार्य रुचाएका छन् । त्यसबेला (२०४८ साल) पाँचकन्या गाविस सुनसरी जिल्लाको सबैभन्दा पछाडी पारिएको गाविसको रुपमा थियो । त्यो २०६० सालमा आइपुग्दा सुनसरीको सबैभन्दा अग्रपंतीमा पाँचकन्या गाविस आइपुग्यो । त्यसको अगुवाइ बस्नेतले गरेकाले पनि पाँचकन्यावासीको अभूतपूर्व साथ मिलेको थियो । 

May be an image of 6 people and people standing

पाँचकन्या गाविस त्यसबेला देशकै नमुना गाविसको रुपमा पनि चिनिन्थ्यो । पूर्वाञ्चलमा पहिलो पटक वडा कार्यालय सञ्चालन गर्ने काम पाँचकन्या गाविसबाट सुरु भएको थियो । ‘जनप्रतिनिलाई भेट्ने एउटा निश्चित स्थान हुनुपर्छ, हामी जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने उद्देश्यले वडा कार्यालय उहाँले व्यवस्थापन गर्नु भएको थियो । वडा स्तरमा रेशम खेती गर्दा पनि नेपालकै उत्कृष्ट गुणस्तरको रेशम उत्पादन भएको थियो । त्यस्तै गरी गाउँ स्तरीय शिक्षा समिति र गाउँ स्तरीय शिक्षा योजना बनाउने मुलुककै पहिलो गाविस पाँचकन्या नै भएको थियो । त्यसको सिको गर्दै अन्य गाविस तथा नगरहरुले पनि शिक्षा समिति बनाएका थिए । मनमोहन अधिकारीको सरकारले गाविसलाई ३ लाख बजेट दिन थालेपछि विकासको क्रम सुरु भएको थियो । 

धरानलाई नगरपालिकाबाट उपमहानगरपालिका बनाउने बेलामा रमेशकुमार बस्नेतले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो । त्यसबेला मेट्रोसिटी, मेघासिटी आदीको व्यापक प्रचार थियो । इटहरी, धरान र विराटनगर जोडेर मेघा सिटी बनाउने, इटहरी र धरान मात्रै जोड्ने लगायतका विभिन्न हल्लाहरु थिए । त्यसबिचमा छिमेकी पालिका जोडिने र स्तरोन्नती हुने क्रम सुरु भयो । पाँचकन्या र विष्णुपादुका गाविसलाई धरानमा गाभ्ने र धरानलाई उपमहानगरपालिका बनाउने विषयमा बहस सुरु भयो । 

बहस सुरु हुन थालेपछि गाविसवासी विभाजीत भए । धरानमा गाभिदा पाँचकन्या र विष्णुपादुकाको इतिहास नामेट हुन्छ भन्ने आम बुझाइ थियो । तर त्यसबेला बस्नेतले गाविसबाट उपमहानगरबासी हुँदा विकासको गति तिब्र हुने भनेर बोल्न थालेपछि अन्य आवाज मधुरो भयो । तर त्यसबेला विष्णुपादुका धरानमा नगाभिने निर्णय गर्दै पछि हट्यो । पाँचकन्या एक मतले धरानमा गाभिने भएपछि धरान उपमहानगरपालिका भयो । विष्णुपादुका पनि ९ महिनापछि धरानमा गाभिन सहमत भएर आयो ।

समाज सेवा र राजनीतिमा जीवन अर्पण गरेका बस्नेत अहिले सुनसरी क्षेत्र नं १(१)० बाट प्रदेश सभा सदस्यमा विजयी हुनु भएको छ ।  आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पित गरेका बस्नेतले विजयी पछि सबै दलहरु, स्थानीय तह र संघसँग सहकायृ गरेर आफ्नो निर्वाचन क्षेत्रको मुहार फेर्न प्रतिवद्ध भएर लाग्ने अठोट गर्नु भएको छ । मतदाताहरुलाई धन्यवाद दिदैं बस्नेतले जनताको सेवक भएर यहाँका समस्यालाई समाधान गर्न आफ्नो पहिलो प्रथामिकताहुने बताउनु भएको छ । उहाँले धरानको समग्र विकासका लागि संघ प्रदेश र स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह गरेर विकास गर्ने प्रतिवद्धता जनाउनु भएको छ । 

May be an image of 3 people, people standing and outdoors