धरान  / सुनसरी क्षेत्र नम्बर २ प्रतिनिधीसभा प्रत्यक्ष तर्फ एमालेका भीम आचार्यले अग्रता लिनु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार पूर्वमुख्यमन्त्री रमेत रहनु भएका आचार्यले इटहरीका वडा नं. १,२,३,४,५, १६,१७,१८ र १९ तथा देवानगञ्जको वडा नं १,२,३,४ र ५ गन्दा  आचार्यले १६ हजार ३ सय ११ मत प्राप्त गर्नु भएको छ । लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहताले  १४ हजार एक सय १ मतले पछ्याइरहनु भएको छ । 

 राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १३ हजार सात सय ४५ ल्याउनु भएको छ । शुरुवातीमा स्वतनत्रपार्टीले अगेता लिए पनि पछिल्लो समय तेश्रो स्थानमा झरेको छ । चार वटा निर्वाचन क्षेत्र रहेको सनुसरीको क्षेत्र नं. २ मा सबै भन्दा बढि १ लाख ४९ हजार ५ सय ६६ जना मतदाता रहेका छन् । सो क्षेत्र अन्तर्गत प्रदेश सभा तर्फ १ मा इटहरी उपमहानगरपालिकाको विभिन्न १० वटा वडा, रामधुनी नगरपालिकाको दुई वटा वडाबाट गरि कुल ८० हजार ४ सय ३७ मतदाता छन् । प्रदेश सभा २ मा इनरुवा नगरपालिकाको विभिन्न ६ वटा वडा, देवानगञ्ज गाउँपालिका, रामधुनी नगरपालिकाको ४ वटा वडा र हरिनगरा गाँउपालिकाको ३ नम्बर वडाबाट गरी कुल ६९ हजार १ सय २९ मतदाता रहेका छन् ।