धरान /  १३ आरडी बराहक्षेत्र नगरपालिका भित्र पर्छ तर सो क्षेत्रमा वसोवास गर्नेहरुको जीवन शैली भने भिन्नै प्रकारको देखिन्छ । उनीहरु नगरवासी त भए तर अनुभुति गर्न भने पाएका छैनन् । १३ आरडीका वासिन्दाहरुको आउने मंसिर ४ गतेका उम्मेदवारहरुलाई एउटै माग रहेको छ, त्यो हो नगरवासी वनाउन पहिलो माग । त्यही कुरालाई जुन सुकै पार्टीका उम्मेदवार पुगे पनि त्यही कुरा अघि वढाउँछन् । 

उम्मेदवारको सुनसरी क्षेत्र नम्बर १ अन्र्तगत बराहक्षेत्र स्थित चतराको गाउँ वस्तीमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवारको शनिबार विहानै घरदैलो अभियानमा पुगे,त्यहाँका समस्याहरुलाई पुरा गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।  

गाउँ वस्तीको जनताहरुको घरायासी काम र खेतीको धान काट्ने र थन्काउने उतिकै चटारो पनि छ तर एमाले र जसपाको उम्मेदवार घर दैलो अभियानमा त्यहाँका मतदाताले काम र व्यस्ततालाई थाँती राखेर उम्मेदवारलाई स्वागत र सम्मान व्यक्त गर्नु भयो । ग्रामीण भेगको समस्याहरुलाई उम्मेदवारलाई सुनाए र मंशीर ४ गतेको चुनावमा भोट हालेर जिताउने विश्वास पनि जनाउनु भयो ।  बराहक्षेत्र नरपालिका वडा नम्बर १ की शर्मिला वस्नेतले घरमै पुगेका उम्मेदवारलाई स्वागत सम्मान गरिन र मंशीर ४ गतेको चुनावमा आफ्नो मत दिने विस्वास दिलाउनु भयो ।  

संघीय उम्मेदवार अशोक राई र प्रदेश सभा ‘ख’ तर्फका उम्मेदवार विजय राईलाई वस्नेतले सडक सुविधा नहँुदाको पीडालाई सुनाउँदै जितेर गएपछि गाउँको कच्ची सडक पक्की वनाउन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘वर्षौदेखि हामीले भोगको समस्या सडक सुविधा नहुँदाको हो,जस्ले गर्दा घरमा वस्दा पनि धुलाम्मै भएर वस्नु पर्ने अवस्था रहेको छ ,त्यसैले प्रतिवद्धता मात्रै गरेर होइन पुरा गरेर देखाउनुस् ।’

७५ वर्षीय जेष्ठ नागरिक नर बहादुर कार्की लौरो टेकेर उम्मेदवारलाई १३ आरडी स्थित पुतली चौकमा भेटिनु भयो । कार्कीले अहिले सम्म एमालेका उम्मेदवारलाई नै भोट हाल्दै आएको र फेरी पनि भोट एमालेकै उम्मेदवारदेखि वाहेक अरु कोही कसैलाई मन नलाग्ने वताउनु भयो । उहाँले भन्नु भयोे,‘हामी जेष्ठ नागरिकको साहारा भनेको एमाले नै हो,भता पाएका छौं, म मात्रै होइन मेरो दौतिरे उमेरका सवैलाई चुनावमा भोट हालेर उम्मेदवारलाई जिताउन आग्रह गर्दछु ।’ 

वासिन्दाको जनजीवनको अवस्थालाई घरदैलो अभियानमा पुगेका उम्मेदवार अशोक राई र विजय राईले आम जनताको माग पुरा गराउन प्रतिवद्ध हुने वताउनु भयो ।  संघीय सदस्यका उम्मेदवार अशोककुमार राईले नगरवासीको गुनासो र समस्यालाई आफुले कहिल्यै नविर्सने भन्दै पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।  उहाँले भन्नु भयोे ,चुनावको घरदैलो अभियान भनेको केवल भोट माग्नु मात्रै होइन, आम नागरिकको समस्या पनि वुझ्नु हो, त्यसैले आफु जितेर गएपछि अवस्य पुरा गर्ने भन्दै आफुलाई छाता चिन्हमा मतदान गर्न र एमालेका उम्मेदवार विजय राईलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । 

प्रदेश सभा ख तर्फका उम्मेदवार विजय राईले पनि ग्रामीण भेगको समस्या पुरा गर्न नै आफ्नो उम्मेदवारी दिएर जनताको काम गर्न युद्ध मैदानमा आएको वताउनु भएकोथियो । उहाँले भन्नु भयो, म जितेर गएपछि पुन फर्केर आउने छु,यहाँहरुसँगै छलफल गर्ने छु, समस्या समाधानको लागि योजना ल्याउँछु ,अहिले म मत माग्छु र गरेर देखाउँछु । 

एमाले जसपाको उम्मेदवारले चतरा र वराहक्षेत्र मन्दिरसम्म पुगेर आम मतदातासँग भोटको लागि अपील गरेका छन् ।