धरान / सत्ता गठबन्धनले निर्वाचन आचार संहिता उल्लंघन गर्दै खेलाडी सम्मानका नाममा जर्सी  वितरण गरेकाे छ डेको छ ।

निर्वाचन आचार संहिता विपरित सत्ता गठबन्धनको निर्वाचन परिचालन अन्तर्गत रहेको खेलकुद क्षेत्र समन्वय उपसमितिले गठबन्धनका उम्मेदवारको उपस्थितिमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइ सुनसरी क्षेत्र नं. १ बाट पदक जित्ने खेलाडीहरुलाई सम्मान गर्ने भन्दै कार्यक्रम गरिएको थियो । आज धरान–१५ स्थित धरान किचनमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो, प्रदेश सभाका उम्मेदवारद्वय रेवतीरमण राई र उमेश थापा समेतको उपस्थिति रहेको थियो । खेलाडीहरुले खेलकुद विकासका लागि भन्दैं उम्मेदवारहरुलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । 

निर्वाचन आयोगले उक्त कार्यक्रम मंसिर ४ पछि गर्न निर्देशन दिएको भए पनि अटेर गरेर कार्यक्रम सम्पन्न गरेको बताइएको छ । निर्वाचन अगाडी गर्न नमिल्ने भन्दै आयोगले कार्यक्रम निर्वाचन पछि गर्न निर्देशन दिइएको क्षेत्रीय निर्वाचन कार्यालय सुनसरी–१ का निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले बताउनु भयो । अर्यालले भन्नुभयो –‘हामीलाई कार्यक्रमबारे सूचना आएको थियो र हामीले कार्यक्रम नगर्न निर्देशन दिएका थियौ । कार्यक्रम सम्पन्न भएको बारे हामीलाई जानकारी छैन, यदि कार्यक्रम सम्पन्न गरेको हो भने कानुन बमोजिम कार्बाही गर्छौ ।’ आचार संहितामा निर्वाचनको बेला यस्ता गतिविधी गर्नेलाई २ लाख जरिमानादेखि उम्मेदवारी नै खारेज गर्नेसम्मको कानुनी व्यवस्था छ । तर क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख अर्यालले कार्यक्रम रोकेको दावी गरेका छन् । 

निर्वाचन आचार संहिता २०७९ को दफा १३ को उपदफा झ मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समुह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ उल्लेख छ । घोषणा समेत गर्न नहुने भनेर आचार संहितामा स्पष्ट लेखिएको छ तर गठबन्धनका उम्मेदवारहरुले खेलाडीहरुलाई प्रभावित गर्नकै लागी पुरस्कार वितरण गरेको हो ।

khelkud

313923499_1571127269999222_7386296047370914054_n