• डा. अरुण कुमार सिंह
 बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ओ.पी .डि.मा बिरामी हर्दै थिए बालिका  ११ वर्ष मोह्तरी को बिनिता कुमारी शाहको  निवासी भने २ महिना देखी ज्वरो आउने , तौल घट्ने ,थकान महशुस हुने कुरा गरे !जाच गर्दा , रक्त अल्पता मुटु खराब आबाज सुने ! तुरुत बालिका लाई पेडेटिक इमेजेन्सी पठाई ,वार्ड  भर्ना गरे ! सब जाच हरु गरे पछि बाथज्वरो  नै रहे को छ!हाल   पी.इ.सी.उ.निकै खुन कमि, शुवास प्रस्वास,मुटु को कारण उपचार भइरहे को छ !
हाम्रो समाज मा आज पनि धरै लाई बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्ने आदि  समस्या हुन्छ तर समयमा उपचार न गर्नले  बाथज्वरो को खतरा हुन्छ ! अति गरीब राष्ट्रहरूमा जस्तो नेपाल मा पनि  बढी देखिने रोग हो। नेपालको अति कम आयस्रोत र अस्वस्थ वातावरणमा बसोबास गर्ने बालबालिकाहरू नै यस रोगबाट बढी पीडित हुन्छन्।बाथज्वरो रोगको उपचार समयमै नभएमा मुटुका भल्भहरू खराब भई मुटु बिग्रिने भएकाले  रोगबाट बच्न विशेष र्सतर्कता अपनाउनु पर्छ । बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्ने आदि  समस्या हुन्छ । स्टेप्टोकक्स बेटा हेमोलाईटिकस  नामक ब्याक्टेरियाले गर्दा हुने रोग हो। बाथज्वरो भएका बिरामीमा मुख्यतया घाँटी दुख्ने र ज्वरो आउने, ज्वरोसहित जोर्नीहरू दुख्ने र सुन्निने, ज्वरोसहित मुटु दुख्नेजस्ता समस्या देखिन्छन्। सामान्यतया, स्टेप थ्रोट को सही उपचार हुन सकेन वा निवारण हुन सकेन भने यो रोगको विकास हुन्छ | 
 
बाथ ज्वरोको कुन उमेर र लिगमा बढी हुन्छ ?
 
 बालबालिकामा बाथज्वरो खासगरी ५ वर्षेखि १५ वर्षभत्रका बढी देखिन्छ।  बाथज्वरो २४ वर्षन्दा माथिको उमेरमा ज्यादै कम मात्रामा भएको पाइन्छ। बाथज्वरो पुरुषभन्दा महिलाहरूमा बढी पाइएको छ।
 
 बाथज्वरोको लक्षण के हो ?
- केही दिनअघि घाँटी दुख्ने गर्छ। 
-ज्वरो बढ्दै गई १०३ देखि १०५ डिग्री फरेनहाइटसम्म,ज्वरो ३ हप्तासम्म आउँछ। तर कहिलेकाहीँ ३ महिनासम्म रहन सक्छ। शरीरमा पसिना ज्यादै आउँछ, पसिना आए पनि ज्वरो भने घट्दैन। नाडीको गति ज्यादै हुन्छ।
- नाडी, कुहिना, घुँडाजस्ता ठूला जोर्नीहरू बढी दुख्ने हुन्छ तर साना जार्नी नदुख्ने हुन्छ। दुख्ने जोर्नीहरू आराम गर्दा वा बेस्सरी चलाउँदा पनि कम हुँदैन। जोर्नीहरू सुन्निने हुन्छ र सरेर एउटाबाट अर्कोमा जान्छ। ज्वरो आउँदा दुखेको वा सुन्निएको पहिलो जोर्नीपछि दोस्रो जोर्नी दुखेमा पहिलो जोर्नीको दुखाइ कम हुन्छ।  
-बाथज्वरो अवस्था खराब भएमा शरीरमा डल्ला गाँठाहरू देखिन्छन्।  गाँठा एक सोन्टिमिटरदेखि डेढ सेन्टिमिटरसम्मका हुन्छन्।
- छाला मुनिका हाडहरू जस्तै- टाउकोपछाडिको भाग, कुमपछाडि, ढाड, हात, खुट्टाको अघिल्लो भागको हाडमा यस्ता गिर्खा भेटिन्छन्। 
- बाथज्वरो कम्मरको छेउको भाग र नितम्बतिर रातो चकाजस्तो देखिन्छ। 
-कहिलेकाहीँ ज्रि्रो, हात, खुट्टाहरू आफैं चलिरहन्छन्। यसलाई र्‍युमाटिक कोरिया भनिन्छ।
 
बाथ ज्वरो को असर के हो ?
 -बाथज्वरो रोगले गर्दा मुटुका तीन तहहरू पेरिकार्डियम, मायोकार्डियम र इन्डोकार्डियम सुन्निएर मुटु दुख्ने, मुटुका भल्भहरू खराब गर्ने र मुटुको आकार ठूलो भएर जाने गर्छ।
 
बाथज्वरो रोगको परीक्षण के हो ?
बाथज्वरो भएको हो वा होइन भनेर थाहा पाउन रगत परीक्षण गर्नुपर्छ। रक्तपरीक्षणमा सेता रक्तकोषहरूको संख्या निकै बढी देखिन्छ। मुटुमा यस रोगले कुनै खराबी गरेको छ वा छैन भनेर थाहा पाउन इ.सी.जी आदि गर्नुपर्छ।
 
बाथ ज्वरो को उपचार के हो ?
साधारणतया बाथ ज्वरो लागेको खण्डमा दुई–तीन हप्तासम्म आराम गर्नुपर्छ । मुटु सुन्निएको लक्षण देखिएमा २–३ महिना आराम गर्नुपर्छ ।
एकपटक बाथज्वरो आएपछि फेरि–फेरि बाथज्वरो बल्झिरहन सक्ने भएकोले दिनहुँ पेनिसिलिन चक्की सेवन वा प्रत्येक ३–३ हप्तामा पेनिसिलिनको सुई लगाइरहनुपर्छ । मुटुमा असर नपरेकाहरुले कम्तीमा ५ वर्ष वा १८ वर्षको उमेरसम्म (जुन लामो समय हुन्छ) सुई लगाउनुपर्छ । मुटुमा असर परेकाहरुले कम्तीमा ३५ वर्षको उमेरसम्म र आवश्यकताअनुसार जिन्दगीभर सुई लगाउनुपर्छ । पेनिसिलिनको सुईले मुटुको भल्भ क्षतिग्रस्त हुनबाट जोगाउँछ । पेनिसिलिनको सुईबाट एलर्जी भएमा इरिथ्रोमाइसिन चक्की खानुपर्छ ।मुटुको भल्भ धेरै नै बिग्रिएको रहेछ भने मुटुको अप्रेशन गर्नुपर्छ ।
 
बाथज्वरोमा सावधानि के गर्ने ?
वातावरण स्वस्थकर बनाउनुका साथै खासगरी बालबालिकाको लागि पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्छ। घाँटी, दुख्ने, हल्का ज्वरो आउने, जोर्नीहरू दुख्नेजस्ता समस्या आउँदा बेलैमा उपचार गर्नुपर्छ। यति मात्र गर्न सकेमा पनि बालबालिकालाई बाथ-मुटुको रोगबाट धेरै हदसम्म बचाउन सकिन्छ। बाथ ज्वरो आएको सम्झेर समयमा तुरुन्तै अस्पताल गई रोगको उपचार गर्र्नु अत्यन्तै बुद्धिमानी हुन्छ ।
बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान