धरान / पूर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको पुर्वेली लोक जुहारी गीत  "धरान शहर " को छायाँकन धरानसंगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ ।  

युमन सोदेम्बा लिम्बु , रेखा फागो , बादल चेम्जोङ्ग र सुमन खेवा संगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गर्नु भएकाे छ ।   

मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको उक्त गीतमा चर्चित गायिका मेलिना राईसंगै साक्थिम योङ्गयाको युगल स्वर  रहेको छ।  बिष्णु खजुमको सरल शब्दमा गायक साक्थिम योङ्गयाले नै संगीत तयार गर्नु भएकाे हाे ।  राजेश पायल राई , शुबानी मोक्तानलगायत अन्य चर्चित गायक -गायिकाहरुको स्वरमा समेत धमाधम गीत रेकर्ड भैरहेको छ । क्रमश: म्युजिक भिडिओ सहित सार्वजनिक गर्दै जाने  निर्माता प्रकाश आङ्बुहाङले बताउनुभयो।