इटहरी / बाढी प्रभावित जिल्लहरुमा कुपोषणको एकिकृत् ब्यबस्व्थापन ५ दिने कायक्रम  इटहरीको युथ विकास केन्द्रमा  अाइतबार सम्पन भएकाे छ । प्रमुख अतिथि प्रोफसर डा.रूपा सिंहराज भण्डारी र अध्यक्ष मुकुन्द राज जोशी ,प्रोफ. निलाम्बर झा ,डा.अरुण कुमार सिंह ,डा.जोयती अगर्वाल ,डा.मंजु श्रेष्ठ डा.जितेन्द्र ठाकुरलगायत ३२ जनाको सहभ्गिता रहको थियो ! डा.सुनिल गुज्रेलले प्रशिक्षण दिएका थिए ।
कुपोषण के हो ?
     शरीरलाई आबश्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने विकृत अवस्था लाई नै कुपोषण भनिन्छ ।शरीरका कोषहरूले पर्याप्त मात्रामा पौष्टिक तत्त्व प्राप्त गर्न नसक्दा कुपोषण हुन्छ र यसका कारक तत्त्वहरू मुख्यतया दुइटा छन्‌!प्रोटिन, क्यालोरी, भिटामिन र खनिज पदार्थहरू भएको भोजन पर्याप्त मात्रामा नलिनु ले गर्दा बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित हुने गर्छ । 
      कुपोषणको शीकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक र  संक्रामक रोग लागिरहनु हुने गर्दछ !पखाला, दादुरा, औलो र  श्वासप्रश्वास सम्बन्धी रोगहरूले शरीरलाई हुने गर्छ। यसले गर्दा भोक हराउने भएकोले खाना खाने मात्रामा कमी हुँदा कुपोषण हुन्छ। अर्कोतर्फ, न्यूनपोषित बालकलाई सजिलै रोगहरू सर्न सक्छ। यसरी प्रोटिन-एनर्जी म्यालन्युट्रीशन मृत्यु दर बढ्‌ने हुन्छ।
      बालबालिकालाई शारीरिक विकास तीव्रगतिमा हुने हुँदा क्यालोरी र प्रोटिन बढी चाहिन्छ। 
कुपोषणका कारण 
• पर्याप्त खाना तथा पोषक तत्वको कमि
 • रोग तथा संक्रमण 
• पोषण सम्बन्धि ज्ञानको कमि
कुपोषणका असरहरु 
• रोगसंग लड्ने क्षमतामा कमि
• शारीरिक तथा मानसिक बिकाशमा बाधा 
• अकाल मृत्यु
 
कुपोषित बच्चाको उपचार
  नेपाल सरकार ले कुपोसन बच्चालाई नि शुलक दूध र असधि दिने भएको छ ।बच्चाको अवस्था हेर्नेछन्‌ अनि कुनै पनि प्रका⁠रको संक्रमण, जलवियोजन भए नभएको हेरेर उपचार सुरु गर्ने छन्‌।  बच्चालाई समय-समयमा जँचाउन अस्पताल  लैजा⁠नुपर्छ।
डा. अरुण कुमार सिंह,
बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान!!