धरान  / सुनसरी उद्योग वाणिज्य सङ्घले धरानको समग्र विकास तथा अधुरा काम सम्पन्न गर्न प्रधानमन्त्री शेरवहादुर देउवा तथा सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराएको छ । 

नेपाल सरकारका उद्योग तथा वाणिज्य मन्त्री तथा प्रधानमन्त्रीलाई भेटेरै औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका छन् । 

सुनसरी उवासंघका अध्यक्ष विजय श्रेष्ठको नेतृत्वमा मंगलबार प्रम देृवा, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतलाई भेट गरेको हो । औद्योगिक ग्राम निर्माणका लागी हाल ३० बिगाहा जग्गा उपलब्ध भएको र हाल रहेको औद्योगिक क्षेत्र विस्तारका लागी रेडियो नेपालको थप जग्गा उपयोग गर्न दिनुपर्ने आग्रह गरिएको थियो । 

सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेरै हालको औद्योगिक क्षेत्रको विस्तारका लागी रेडियो नेपालको जग्गा उपलब्ध गराउन आग्रह गरिएको थियो । हाल धरान र इटहरीको बिचमा रहेको जङ्गलमा मोबाइल नेटवर्कको समस्या भएकाले त्यसको समाधानको लागि समेत आग्रह गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको उवासंघ सुनसरीको टोलीले धरानको गहनाको रूपमा रहेको बिपी प्रतिष्ठान सुधारको लागि पनि थप पहल कदमी गर्न आग्रह गरिएको थियो । यस्तै धरानको बस पार्क निर्माण सम्पन्न गर्न बजेट व्यवस्थापन गर्न पनि प्रम देउवालाई ध्यानाकर्षण गराइएको छ । 

भदौ १३ गते आयोजना हुने सुनसरी उवासंघको वार्षिक उत्सव कार्यक्रमका लागि प्रम देयवा, उद्योगी विनोद चौधरी, सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलगायतलाई निमन्त्रण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।