धरान / पछिल्लो समय तिव्ररुपमा बस्ती विकासहुदैं आएको धरान–५ देउरालीका स्थानीयवासीहरुले सुनसरी क्षेत्र नं. १का माननीयहरुसँग गाउँ समस्या राख्नु भएको छ । 

बुधबार नेकपा एमाले ५ नं. वडा कमिटीले आयोजना गरेको वृक्षारोपण कार्यक्रम अघि भएको छलफलमा उहाँहरुले पानवारी क्षेत्रमा भएका समस्याबारे जानकारी गराउनु भएको हो । 

नेकपा एमाले ५ नं. वडा इञ्चार्ज चन्द्र भुजेलले यहाँको खानेपानी, सडक, पुलको अति आवश्यक भएको  बताउनु भयो । ‘यहाँ बस्ती विकास नहुदासम्म हामीलाई केही आवश्यकता परेको थिएन् । यति बेला बस्ती विकास भयो । धरान बजार आउजाउ गर्न विचमा पर्ने खोलाहरुमा पुलको आवश्यकता प¥यो । सडकको आवश्यक प¥यो । खानेपानी चाहिएको छ ।’–भुजेलले भन्नु भयो–‘यस क्षेत्रको आधारभूत आवश्यकता पुरा गर्न माननीय ज्युहरुले पहल गरिदिनु हुन्छ भन्ने यहाँका जनताको आशा रहेको छ ।’

उहाँले ठाउँठाउँमा सेउती, सेरालगायतका खोलामा पुलको आवश्यकता भएको बताउनु भयो ।

जनताका समस्याको सम्बोधन गदैं नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्यले पानवारीलाई गेट वेको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकासका लागि पहल भइरहेको बताउनु भयो । उहाँले स्थानीयले उठान गर्नु भएका समस्या समान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो । 

उहाँले धरानमा एयरपोर्ट निर्माण, चारकोशे झाडाीमा चिडियाखानाको निर्माण, सेउतीर सर्द खोलामा करिडर निर्माण र अव्यवस्थित सुकुम्वासीको व्यवस्थापन पार्टीको पहिलो प्राथमिकता भएको बताउनु भयो । 

No description available.

प्रदेश सांसद समेत रहनु भएका आचार्यले पानवारी क्षेत्रमा बग्ने ठूला खोलाहरुमा पनि करिडोर निर्माण गरेर बस्ती संरक्षणका आवश्यकता रहेको बताउनु भयो । 

पानवार िक्षेत्रको गुनासो सुन्न सुनसरी क्षेत्र नं. १ का संघीय सांसद जयकुमार राई, प्रदेश सभासद सावित्री जोशी, नेकपा एमाले प्रदेश सचिवालय सदस्य रमेश बस्नेत सुनसरी क्षेत्र नं. १ क इञ्चार्ज मोतिराज सुनुवार, ख इञ्चार्ज विजय राई, नेकपाउमाले धरान उपमहानगरकमिटी अध्यक्ष हर्कजङग एभेङऽ  धरान उपमहानगरपालिका ५ नं. वडाध्यक्ष मनकुमार लिम्बुलगायत नेता कार्यकर्ताहरु,  जनप्रतिनिधीहरुकाे  बाक्लो उपस्थिति रहेको थियो । 


छलफल पछि निशानदेवि सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको थियो । माननीयहरु, पार्टी नेता र स्थानीयले वन क्षेत्रमा वृक्षारोपण गर्नु भएको थियो । उक्र रोपिएका विरुवाको संरक्षणका लागि वन उपभोक्ता समुहलाई जिम्मादिइएको छ । 

No description available.