झापा । झापाको बिर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन गरिएको छ । सोमबार एक समारोहका बिच प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । 

भवनको उद्घाटन गर्दै मन्त्रीकार्कीले प्रदेश सरकार शान्ती सुरक्षाको विषयमा गम्भीर भएर लागि रहेको बताउनु भयो । सवारीसँगै घुलमिल हुनेले बढी दुर्घटना गराउने गरेको बताउँदै उहाँले सुविधायुक्त गन्तव्यमा पु¥याउनका लागि जोखिम मोलेरै भए पनि ट्राफिक प्रहरीले काम गर्ने गरेको बताउनुभयो । 

नागरिकलाई सुरक्षा दिनका लागि खट्ने सुरक्षाकर्मीलाई सुरक्षा दिएमा सुरक्षाकर्मीले नागरिकको सुरक्षा गर्न सहज हुने बताउनुभयो । सरकारले प्रहरीलाई सुरक्षा दिनकै लागि भवनहरूको स्तरोन्नति तथा निर्माण गरेको बताउँदै उहाँले भवनको उचित व्यवस्थापन गर्न उहाँले निर्देशन दिनुभयो । 

प्रदेश सरकारले मेचीपुलदेखि कोसी पुलसम्म तथा जोगवनी देखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु गरेको छ । सिसी क्यामेराले मानिसलाई अनुुशासीत बनाउने बताउँदै दुर्घटनामा कमी आउने बताउनु भयो । दुर्घटना न्यूनीकरणमा सबैको भूमिकामहत्त्वपूर्ण हुने उहाँको भनाई छ ।

कार्यक्रममाआन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश १ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसी, प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव खतिवडा लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ ९८ पैसाको लागतमानिर्माण भएको हो । भवननिर्माणका सहयोग गर्नेलाई सम्मान गरिएको छ ।