धरान /  धरान १७ स्थित उदय समुदायीक वनमा रहेको कर्भडहल मर्मतसंभारका लागि तयारी थालिएको छ ।  

कर्भडहल मर्मत संभारका लागि शुक्रवार उदय वन उपभोक्ता समुहको कार्यलयमा भेलाको आयोजना गरि आर्थिक उपसमिति समेत निर्माण गरिएको छ । समुहका अध्यक्ष जसकुमार राईको संयोजकमा नौ जनाको उपसमित वनेको छ । सचिवमा लहरुमाया जिमि, कोषाध्यक्ष मनोेज विष्ट र सदस्यहरुमा नारद राई, विकास चाम्लिङ राई, रमेशचक्र खड्का, रामकुमार भट्टराई, अमित राई र उमेश भण्डारी रनु भएको छ ।

     समितिले वैशाख भित्रमा मर्मतसंभारको कार्य सक्ने पहिलो वैठकवाट निर्णय समेत गरेको छ ।  कर्भडहल काठैकाठले वनिएकोले यसलाई मक्किन नदिन तथा हलको आयु वढाउनलाई पहिलो प्राथामिक्तामा वाहिरी र भित्रि भागमा रंगरोगन गर्ने र टुटफुट भएकाहरुको मर्मत गर्ने अध्यक्ष राईले बताउनु भयो ।  यसकोे लागि करिव पाच लाख रुपैया लागत लाग्ने समितिका कोषाध्यक्ष मनोज विष्टले बताउनु भयो । अनुमानि लागत वन समुहका सदस्य, स्थानिय निकाय, धरान १७ न वडाका विभिन्न संघसंस्था एवं इच्छुक सहयोगी जनसमुदायहरुवाट संकलन गरिने समितिका कोषध्यक्ष विष्टले बताउनु भयो । 

    सोहि भेलामा समितिका सदस्य नारद राई र कोषाध्यक्ष विष्टले नगद दश हजार रुपैया समितिका संयोजक जसकुमार राई र सचिव लहरुमाया जिमिलाई सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो । सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुनाको रुपमा रहेको कर्भडहल निर्माण संपन्न भएको १३ वर्ष पछि मर्मतसंभारका लागि उपसमिति बनाइएको हो । 

उदय सामुदायिक वनलाई खेलकुद पर्या पर्यटनमा विकास गर्ने उद्धेश्यले कर्भडहललाई मर्मतसंभार गरेर स्तरउन्नति गर्न लागिएको उदय समुदायीक वन समुहका अध्यक्ष जसकुमार राईले जानकारी दिनु भयो । 

    कर्भडहलमा अहिले व्याडमिन्टन, कराते र हल वाहिर भलिवर र टेवलटेनिस खेलहरु हुने गरेको छ । चाडै बास्केटवल, भलिवल, खुला चेस वोर्ड, सेपाकटेक्रो, एस्सरसाइज , वाक र रनि¨ गर्ने स्थल लगायतको निर्माण गर्ने योजना रहेको वन समुहका सचिव लहरुमाया जिमिले जानकारी दिनु भयो ।

तस्विरः विकास चाम्लिङ राई