धरान / इटहरी उपमहानगरपालिकाको सहकार्यमा नेत्र ज्योती संघ सेवा फाउन्डेशनले सुविधासम्पन्न आँखा अस्पताल बनाउने भएको छ । इटहरी– १७ लविपुरमा इटहरी आँखा अस्पतालको भवन मंगलबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गर्नु भएको छ ।
आँखा अस्पताल निर्माणका लागि रंगेली नगरपालिका मोरङमा मेयर दिलिप बगडियाको परिवारले १० कठ्ठा जग्गा उपलब्ध गराए पछि उपमहानगरपालिकाले आँखा अस्पताल बनाउन लागेको हो । अन्य अपुग जग्गा इटहरी उपमहानगरले व्यवस्थापन गर्ने छ ।
पूर्वको केन्द्रविन्दु इटहरीमा हालसम्म कुनै सुविधासम्पन्न अस्पताल नभएकाले आँखा अस्पताल बने पछि यहाँको पर्यटन तथा अन्य हिसवाले सुन्दर हुने प्रमुख अतिथि नेपालले बताउनु भएको छ ।
इटहरीका मेयर द्धारिकलाल चौधरीले इटहरीमा स्तरय अस्पतपाल नभएकाले आफुहरुले आँखा अस्पताल बनाउन पहल गरेको बताउनु भयो । उनले अबको २ बर्षभित्रमा भवन निर्माण भई अस्पतालको सबै सेवा संचालन हुने मेयर चौधरीले बताउनु भयो । ‘दुई बर्ष पछि आँखा सम्बन्धि सबै रोगका निदान यहाँ बाट हुने छ । निर्माण कार्य तदारुकताका साथ अगाडी बढ्ने छ ।’–मेयर चौधरीले भन्नु भयो ।