धरान / पूर्वको पर्यटकीय नगरी धरान उपमहानगरपालिका र धामिर्क पर्यटकीय नगर रामधुनी विच सिधभा सम्पर्कका लागि छोटो दुरीकोसडक निर्माण गरिने भएको छ ।
धरानको वडा नं. १९ देखि रामधुनी नगरपालिका जोड्नका लागि हरियाली मार्ग सडक निर्माण गर्ने भएको हो ।

त्यसका लागि धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र जिल्ला वन कार्यालय प्रमुख दानबहादुर श्रेष्ठसहित छलफल भएको छ । सो सडस झण्डै ५ किमी दुरी जंगलक्षेत्र पर्छ । जंगल क्षेत्र भएकाले सडकको नाम नै हरियाली मार्ग राखिएको छ । रामधुनी नगरपालिका र धरान उपमहानगरपालिकाको साझेदारीमा सडक निर्माण गर्न लागिएको धरानका मेयर तिलक राईले जानकारी दिनु भयो ।
उक्त सडकको लागि सुनसरी क्षेत्र नं. १ का संघीय संसद जयकुमार राईले अघिल्लो बर्ष केही बजेट समेत छुट्याउनु भएको थियो । ७ किलो मिटर बढी रहेको उक्त सडकको १५ फिट चौडाई हुने छ ।
धरान–रामधुनी जोड्ने हरियाली मार्ग र मदनभण्डारी सहायक राजमार्ग जोड्ने छोटो दुरीको सडक हुनेछ । सडक बने पछि तल्लो क्षेत्रमा उत्पादन भएका कृषि उपजहरुल दुधजन्यबस्तु बजारसम्म ल्याउन धेरै छिटो र सहज हुनेछ । रामधुनी नगरपालिकालगायत तल्लो भेगका मानिसहरु र विरामी बोक्ने एम्बुलेन्सलाई बिीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म छिटो आईपुग्न सहज हुने छ ।
धरान या रामधुनीआउने पर्यटकहरुलाई दुवै क्षेत्र भ्रमण गर्न सजिलो हुने छ । धरानबाट इटहरी घुमेर जादा धेरै समय लाग्ने भएकाले हरियाली मार्ग बने पछि स्थानीयलाई सजह हुने नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो ।
हाल उक्त सडक ट्रयाक निकालिएको छ । उक्त सडक सामुदायिक वन क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा समेत पर्ने भएकाले त्यसको स्तर उन्नती गर्न दुबै नगरपालिकाको कार्यपालिकाबाट निर्णय गर्ने सहमति भएको मेयर राईले बताउनु भयो । दुबै नगरपालिकाका प्राविधिक समेत रहेको एक कार्यदल गठन गरी सामुदायिक वनहरु, डिभिजन वन कार्यालय र अन्य सरोकारवाला निकायहरुसँग समेत समन्वय गरि अघि बढाउने निर्णय गरेको छ ।