धरान / धरानको भोटेपुल पुरानो ट्राफिकदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डेन्टल गेटसम्म करिव ३ किमी दुरीको सडकमा अनगिन्ति खाल्डा पर्दा सवारी चालकलाई हैरानी हुने गरेको छ । करिव एक बर्ष देखि यो समस्या सवारी चालकहरुले खेप्दैं आएका छन् ।
विभिन्न जिल्लाबाट विरामी उपचार गर्न बिपी प्रतिष्ठान ल्याउदा यही सडक भएर जानु पर्छ । यो सडक २४सै घण्टा व्यस्थ हुने गरेको छ । तर महिनौदेखि भत्किएर यत्रतत्र खाल्डा पर्दासमेत सरोकारवालहरु कानमा तेल हालेर बसेका छन् ।
विशेष गरेर विरामी बोकेर आउने एम्बुलेन्सहरु यो बाटोमा हैरानी खेप्दैं आएका छन् । खाल्डा कटाएर सवारी चलाउदा कतिपय दुर्घटनाकाे शिकार समेत भएका छन् । झापाको बुधबारेबाट सुत्केरी गराउन विरामी लिएर आउनु भएका एम्बुलेन्स चालक युवक राजबशी उक्त बाटोमा हैरानी परेको बताउनु हुन्छ । झन मोटरसाइकल चालकहरु त कति दुर्घटनामा परेका छन् । घर अगाडी खाल्डामा धेरै बाइक चालकहरु दुघटनामा परेको धरान–८ स्थित कफी सपका सञ्चालक रोशन लामा बताउनु हुन्छ । स्थानीय तहको सडकको दुर्दशाबारे ध्यान जानु पर्ने उहाँको भनाई छ ।
यता धरानको विभिन्न सडक खण्डहरु जीर्ण हुदै खाल्डाखुल्डी बनेर सवारीसाधन चलाउन असुरक्षित भएको भन्दै टेम्पो, सफारी चालक तथा व्यवसायीहरुले तत्काल मर्मत गर्न स्थानीय तहकाप्मुखसँग म.गलबार माग गरेका छन् ।

हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउदै चालक तथा व्यवसायीहरुले यस्तो माग गरेको हुन् । धरान ८ स्थित पुरानो ट्राफिक कार्यालयदेखि वडा नं १७ रेल्वे सम्मको सडक खण्डमा खाल्डाखुल्डी परेर सवारीसाधनहरु चलाउन कठिन भइरहेको चालकहरुले बताएका छन् ।
सडकको दुरावस्थाले चालकहरुलाई धेरै गाह्रो भइरहेको कारण तत्काल मर्मत गर्न माग गरिएको हो । पुरानो ट्राफिकदेखि बिपी प्रतिष्ठानसम्मको सडक सडक विभागले हेर्ने गर्छ । सकड विभाग मातहतमा रहेका कारण स्थानीय सरकारले पनि मर्मतका लागि वेवास्था गदैं आएको छ । समयमा मर्मत नगर्दा उक्त सडक ‘गविको फाटेको टोपी’जस्तोबनेको छ ।IMG20210821154321