धरान / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले जोगवनी–किमाथांका सडक अन्तगृत धरान क्षेत्रमा ७६ फिट मापदण्ड बनाउन पस्ताव गरेको छ ।
धरानमा नेकपा एमाले र नेपाली कांग्रेसले अलग अलग प्रस्ताव गरेकोप्रति असहमति जनाएको छ ।
मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बु र धरान अध्यक्ष सञ्जहाङ साँवासहितका नेताहरुले आइतबार नै धरानका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएर ७६ फिट कायम गराउन माग गर्नु भएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसले क्रमशः ८० फिट र ७२ फिटको प्रस्तावमा गरे पछि त्यसमा असमति जनाउदैं मञ्जले ७६ फिटको प्रस्ताव गरेको हो ।
मञ्चले २०७७ सालको नगर परिषद बैठक र सडक खण्डमा पर्ने सातै वडाका अध्यक्षहरु, वडा नागरिक मञ्च, सरोकारवाला निकाय तथा उपभोक्ताहरुबीच बैठक बसेर सहमति गरेको ८० फिट मापदण्डसमेत कार्यान्वयन गर्न अनुदार हुनु भनेको ८० फिट र ७२ फिटको खिचातानीले समस्या आउने भनेको छ ।
जोगमनीदेखि इटहरसिम्म ६ लेन सडक बनी रहेका बेला धरानमा विवादका कारण अहिलेसम्म सडक बनेको छैन् । उपमहानगरपालिकाले चाढो निकास दिएर सडक विस्तार गर्न मञ्जले माग गरेको छ ।