माेरङ / नर्सहरुको श्रमशोषण र भोलन्टटियर सिस्टमको अन्त्य गरिनु पर्ने माग गर्दै बिराटनगरका नर्सहरु आन्दोलित भएका छ्न । बुधबार बिराटनगरमा नर्सहरुले हातमा कालोपट्टी बाधेर नगरपरिक्रमा गर्दै बिराटनगरका  विभिन्न हस्पिटलहरुमा तीन घण्टा धर्ना दिएका थिए । धर्नापछी पाचसय भन्दा बढीको संख्याको उपस्तिथिमा कोशी अञ्चल अस्पतालमा कोणसभा गरेका छ्न । कोणसभामा नर्सहरुको आन्दोलनलाई ऐक्यबद्धता जनाउदै आएको एन्टिकरपसन मुमेन्टका अध्यक्ष पारुल क्षेत्रीले बोल्दै प्रधानन्यायाधीस महिला सभामुख महिला भैसकेको र रास्ट्रपति महिला भएको देसमा युबा महिला नर्सहरु श्रमशोषणमा परेको हस्पिटलहरुले दासजस्तो ब्याबहार गरेको हुदा समाजका हरेक नागरिक समाज मानव अधिकारकर्मी र सरकारले बोल्नु पर्ने बताए । नानको केन्द्रिय सद्स्य अन्जुला कार्किले माग पूरा नभए सम्म आन्दोलन न रोकिने बताइन । भक्तपुरको मानवअङ प्रत्यारोपण केन्द्र हस्पिटलबाट दुइजना नर्सहरु कजिनार सजिनालाई  निराधार जागीरबाट निकालिएका छ्न ती नर्सहरु हाल १९ दिनदेखि हस्पिटलको बेडमा छ्न उनिहरुलाई ससम्मान पुनर्बहाली गर्नुपर्ने आन्दोलित नर्सहरुले बताएका छ्न । देसभरीमा १५ हजार देखि १६ हजार नर्सहरु भोल्न्टटियरको रूपमा काम गरिरहेको छ्न ।