• बद्री अर्याल

मोरङ /मोरङको बिकट गाउँ भोगटेनीमा मगरहरुले सामुहिक रूपमा माघे सक्रान्ती पर्व मनाएका छ्न । नेपाल मगर संघ केराबारी गाउँपालिका कार्यसमितिको आयोजनामा सोमबार विभिन्न कार्यक्रमसहित माघे सक्रान्ती पर्व मनाएको हुन । 

कार्यक्रममा केराबारीका विभिन्न टोल टोलबाट अाएका स्थानीयहरुले हर्रा नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुलाइ सक्रान्ती पर्वमा खाइने तरुल र खानाको ब्याबस्थानमा केराबारी ३ को भोगटेनी को युगल तारा युबा क्लब ,आमा समुह ,स्थानीय संस्था गरेको थियो । कार्यक्रममा सहभागी हुन जाने अतिथि र सहभागीहरुलाई यात्रा गराउन बस पहिलो पल्ट पुगेको हुनाले स्थानीय बासिन्दाहरु खुसी ब्याक्त गर्दै पाच जना चालकहरूलाई खादा मालाले सम्मान गरेको थिए । कार्यक्रममा प्रमुख अतिथि मोरङ क्षेत्र १ प्रतिनिधि सभाको माननीय सांसद घनश्याम खतिवडा ,अतिथिहरु प्रदेश सभाका माननीयहरु उपेन्द्र घिमिरे , कुसल साँबा, केराबारी गाउपालिका उपाध्यक्ष सान्ती लिम्बु , राखेप पुर्बाचल सदस्य सान्ती लामा गुरुङ , बिराट्पर्यट्न बोर्डको अध्यक्ष डिल्ली अधिकारी ,३ नमबर वार्ड अध्यक्ष नारायण श्रेष्ठलगायत रहेका थिए । कार्यक्रममा स्वागत मन्त्वय स्थानीय युगल तारा युबा क्लब का अध्यक्ष आशिष मगरले गरेका थिए कार्यक्रम सन्चालन आयोक समितिका सचिब पुर्ण पिठाकोटे मगरले गरेका थिए । मगर जातिहरुले मनाउने माघे सक्रान्ती पर्व केहो र किन मनाइन्छ भन्ने बारेमा स्थानीय सनम थापा मगरले जानकारी गराएका थिए । कार्यक्रममा केराबारिलगायत विभिन्न ठाउँ हरुबाट पाचसय भन्दा बढी सबै जातजातिको समुदायबाट सहभागी भएको कार्यक्रमका अध्यक्ष पुर्ण मगरले बताए  ।