धरान / धरान १९ स्थित अज्ञात समुहले बिपि कोइइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खानेपानीको मुख्य पाइपलाईनमा जमिन खनेर प्वाल पारेको पाइएको छ ।

स्थानीयका अनुसार मङ्गलबार) दिउँसो ४ बजेतिर दुई जनाको समूहले खनेर जंगलबाट पम्पिङ गरेर ल्याएको खानेपानीको मुख्य पाइपलाईनमा प्वाल पारेको बताइएको छ । उनीहरु को हनु भन्ने पहिचान भने भएको छैन् । पाइपलाइनमा प्वाल पारेपछि प्रतिष्ठानमा खानेपानीको हाहाकार भएको थियो । नगर प्रमुख राईले धरानमा पानी सहज हुदैं गइरहेको अभिव्यक्ति दिएको भोली पल्ट प्रतिष्ठानमा पानीको अभाव भएको थियो ।
मंगलबार दिउँसो खानेपानी अफिसबाट आएको भन्दै अज्ञात दुई व्यक्तिले जमिन खनेर प्रतिष्ठानमा वितरण हुने पाइपलाईनमा प्वाल पारेको स्थानियले बताएका छन् । प्रतिष्ठानका खानेपानीको कर्मचारी जीवन मगरका अनुसार प्रतिष्ठानमा गएराति १ बजेदेखि पानी अवरुद्ध भएको थियो ।

स्थानिय गिता लिम्बुले जानकारी दिए अनुसार ति दुई अज्ञात व्यक्तिले पाइप प्वाल पार्न मेशिनको प्रयोग गरेका थिए । जमिन खनेर पाइपमा प्वाल पारेलगत्तै पानी निस्कन थालेको र रोक्न नसकेपछि उनीहरु त्यहाँबाट भागेको बताइएको छ । ‘भर्खरको केटाहरु थिए, के गरेको भाई भन्यौं, माथि अफिसबाट आएको भन्यो । पानी फोर्समा आएपछि थुन्न सकेन, उनीहरु भागी हाल्यो ।’ –गिताले भन्नु भयो ।

खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोख्रेलले जमिन खनेर खानेपानीको पाइपलाईनमा प्वाल पारिएपछि प्रतिष्ठानमा खानेपानी अवरुद्ध भएको बताउनु भयो । उहाँले भन्नु भयोे, ‘हामीलाई राती नै जानकारी भएको र राति अनुगमन गर्न आएका थियौं, राती काम गर्न समस्या भएपछि आज काम गरेका छौं ।’ मर्मत पछि प्रतिष्ठानमा पानी नियमित भएको छ ।
पानी जस्तो सम्बेदनसिल कुरामा यस्तो गैरजिम्मेवार काम गर्नेलाई नछाडिने मेयर राईले बताउनु भयो । यस विषयमा उपमहानगरले इलाका प्रहरी कार्यालयलाई पनि जानकारी गराएको छ ।
एडिवीको सहयोगमा धरानमा खानेपानीको व्यवस्थापन उपमहानगरले गरेको छ । नौ महिना परिक्षणको क्रममा रहेकालेधरानमा नियमित पानी आपूर्ति हुन नसक्दा खानेपानीको हाहाकार हुदैं आएको छ ।
आयोजना परीक्षणको क्रममा रहेको र परामर्शदाता र ठेकेदारको जिम्मामा रहेको मेयर राईले बताउनु भयो । ९ महिना पछि पानी राम्रो आउने भए पछि उपमहानगरले जिम्मा लिने मेयर राईले जानकारी दिनु भयो ।