धरान /      प्रदेश १ मापहिलो पटक बालमैत्री वडा घोषणा गरेर पुस्कृति धरान उपमहानगरपालिकाको वडा नं. १३ ले बालबालिका तथा जेष्ठ नागरिकहरुका लागि नमुना हल निर्माण गरेको छ ।
करिव १४ लाख लागतमा निर्माण भएको उक्त हलमा बालबालिकाहरुको अतिरिक्त क्रियाकलप अभ्यास गर्न तथा जेष्ठ नागरिकहरुका लागि मनोरञ्जन गर्न बनाइएको वडाध्यक्ष नेत्र काफ्लले जानकारी दिनु भयो । उहाँका अनुसार हलमा साउन सिष्टम फिट गरिएको छ । वाईफाईको पनि व्यवस्था हुने छ । मनोरञ्जनका लागि बाधयबाधकका सामान पनि खरिद गरि राखिने छ ।

‘बालबालिकाहरु यहाँ आएर आफ्नो कला प्रस्तुत गर्ने छन् । नियमित बैठक, भेला गरि नेतृत्व तथा व्यक्ति विकासको वातावरण बनाएका छौं ।’–वडाध्यक्ष काफ्लेले भन्नु भयो । यस्तै जेष्ठ नागरिक मिलन केन्द्रसँग आवद्ध जेष्ठ नागरिकका लागि मनोरञ्जन स्थलको रुपमा बनाइएको उहाँले जनाउनु भयो । जेष्ठ नागरिकका लागि योग कक्षासमेत यहाँ संचालन गरिने छ । उहाँहरुको बैठक भेलामा वडाले चिया नास्ताको व्यवस्था गर्नेछ । उहाँहरुले आफ्नो स्वतन्त्र समययहाँ आएर विताउनु हुने छ ।

जेष्ठ नागरिक तथा बाल सञ्जालमा आवद्ध बालबालिकाहरुको सुविधाका लागि वडाध्यक्ष काफ्लेको पहलमा निर्माण गरिएको हो । प्रदेश मै पहिलो पटक बालमैत्री घोषणर प्रदेश सरकारबाट पाएको पाँच लाख र धरान उपमहानगरपालिका सामाजिक विकास शाखाबाट ४ लाख ८० हजार र अन्य दाताहरुको सहयोगमा उक्त भवन निर्माण गरिएको वडा सचिव सागर बस्नेतले जानकारी दिनु भयो ।