धरान । बषौंदेखि पिस भत्किएर कुरुप बनेको धरान ३ स्थित चिनियाँ चौकदेखि चौबिसे समाजसम्मको सडक अव भने पिच हुने भएको छ ।
जल्पा रोड तथा ढल निर्माणको प्रदेश एकका प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, धरान उपमहानगरका प्रमुख तिलक राई र सोही वडाका वडाध्यक्ष आशाकुमार श्रेष्ठले सडक तथा ढल निर्माणको काम शुभारम्भ गर्नु भएको छ ।
नगर गौरवको योजना अन्र्तगत परेका जल्पा रोड तथा ढल निर्माणको सम्झौता ०७७ माघ २२ गते भएको थियो । ठेकेदार कम्पनीसँग ०७८ माघ २२ गतेभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको मेयर तिलक राईले जानकारी दिनुभयो ।
उक्त सडक ३ सय ९० मिटरको छ । उक्त सडक नगर गौरवको आयोजना अन्र्तगत २ करोड ३७ लाखमा ठेक्का लागेको हो । सडक तथा ढल निर्माणको ठेक्का भूमि÷स्वामी नारायण जेभीले लिएको छ । डे«नसहित ३० फिट चौडाई भएको कालोपत्रे सडक बन्नेछ । उक्त सडक धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुर प्रवेशद्वारा पनि हो । 