धरान / धरान उपमहानगरपालिका साविक पाँचकन्या र विष्णुपादुका गाविस क्षेत्रका लागि खानेपानी व्यवस्थापन गर्न मा पनि अ गर्न संघीय सरकारको खानेपानी मन्त्रालयले योजना सञ्चालन गर्ने भएको छ ।

खानेपानी मन्त्रालयबाट धरानको लागि एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना स्वीकृत भएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले जानकारी दिनुभयो ।
एडिविको सहयोगमा उपमहानगरपालिकाले सञ्चालन गरेको एकिकृत खानेपानी परियोजनाले नसमेटेका क्षेत्र हालका वडा नं ४, ५, ६, २०, १४ र १३, १७ केही वडामा खानेपानी तथा ढल व्यवस्थापन गर्ने गरि मनत्रालयले आयोजना स्वीकृत गरेको हो । धरान उपमहानगरको परियोजनाले समेट नसकेको क्षेत्रको खानेपानी व्यवस्थापनका लागि उपमेयर भण्डारीले कार्यवहाक मेयर भएको बेला मन्त्रालयमा प्रस्ताव राख्नु भएको थियो । आयोजना स्वस्कृत भए पछि विभागको आयोजना प्रमुखसहितको टोली स्थलगत अध्ययनको लागि धरान आएर अध्ययन शुरु गरेको छ ।

भण्डारीका अनुसार आयोजनाको सम्भाव्यता अध्ययनको लागि आयोजना प्रमुख चक्रपाणी आचार्य शर्माको नेतृत्वमा खानेपानी तथा ढल व्यवस्थापन विभागका डिई, इञ्जिनियरलगायतको टोली विहीवारदेखि धरानमा आएर अध्ययन गरिरहेको उपमेयर भण्डारीले जानकारी दिनुभयो ।
अहिले वडा नं ४ को विकट क्षेत्र ढाडे, तेलनपुर क्षेत्रको अध्ययन गरिरहेको छ । टोलीले कहाँ कहाँ आयोजना आवश्यकता पर्छ, कहाँ सम्भावन हुन्छ । त्यस बारे अध्ययन गर्ने छ ।’–उपमेयर भण्डारीले भन्नु भयो । एडिविको परियोजना पछि यो सबै भन्दा ठूलो परियोजना हो । सर्वे पछि आयोजना सञ्चालन हुने छ ।