बाली संरक्षण
खुर्सानी बालीमा ढुसी, ब्याक्टेरिया, भाइरसबाट उपयुक्त वातावरण पाएमा विभिन्न प्रकारको रोगहरु लाग्न सक्छन् । रोग लागिसकेपछि उपचार गर्न सकिन्न तर रोगथाम र व्यवस्थापन गर्न सकिन्छ खुर्सानी बालीमा लाग्ने मुख्य मुख्य रोगहरु र तिनको रोकथाम यसप्रकार छ  ।
डढुवा÷ढुसीबाट हुने रोग स्
पातमा डढेजस्तो लक्षण देखिन्छ  । सुरुमा पानीले भिजेजस्तो हल्का खैरो भई पछि गाडा खैरो वा कालो रङ्गमा परिणत हुन्छ  । अनुकुल वातावरणमा त्यस्ता थोप्लाहरु वृद्धि भई बोटलाई डढाई दिन्छ  । ओसिलो अवस्थामा फलको तल्लो सतहमा सेतो ढुसी देखिन्छ  । फलमा खैरो कालो दागहरु देखा पर्दछन् । बेर्नामा डाँठ कुहिएको लक्षण देखापर्छ  ।
व्यवस्थापन विधि
स्वास्थ्य बीउ मात्र प्रयोग गर्ने  । कार्बान्डाजीम, बेभिष्टिन २ ग्राम प्रतिकिलोको दरले बीउ उपचार गर्ने  । रोग लागेका बोटहरु हटाउने जलाउने खेत सफा सुग्घर राख्ने, रोग शुरु हुने बेलादेखि कपर अक्सीक्लोराइड, ब्लाईटक्स, मेन्काजेब डाईथेन ४५, २–३ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कने  ।
एन्थ्राक्नोज (कोत्रेरोग)
बोटको टुप्पा माथिबाट सुक्दै आउँछ  । यसले गर्दा पुरै हाँगा सुकेर मर्दछ  । बोटको डाँठहरुमा काला काला स–साना गिर्खाहरु देखिन्छन् । विस्तारै तलतिर असर गर्दै जान्छ र फल कम लाग्छ  । अर्को किसमको फलमा काला दागहरु लागि फल सड्छ  । यस्ता दागहरुमा थुप्रै काला गिर्खाहरु देखिन्छन् ।
व्यवस्थापन÷ रोकथाम
रोगी फलका बोटहरुबाट बीउ नराख्ने, क्याप्टन, धानुटान विषादिले बीउ उपचार गर्ने  । खेत सफा राख्न,े रोग लागेका पुराना बोटहरु जलाई नष्ट गर्ने  । रोगको लक्षण देखापर्नासाथ कपर अक्सिक्लोराईड, ब्लाईटक्स ५० वा मेल्कोजेब, डाइथेन एम । ४५÷३ ग्राम प्रतिलिटर पानीमा मिसाई ७÷७ दिनको फरकमा ३ पटक छर्कने  ।
ब्याक्टेरियाबाट हुने ओइलाउने रोग
बोटहरु सर्लक्क ओईलाएको देखिन्छ  । त्यस्तो बोटलाई सफा पानीमा डाँठ डुबायो भने सेतो संकाणु निस्केर पानीमा घोलिन्छ र धमीलो देखिन्छ  ।
व्यवस्थापन विधि
सोलानेसी परिवार बाहेक अन्य बालीसँग घुम्ती बाली लगाउने  । रोग अवरोधक जात लगाउने  ।फमार्लिन १० एम ।एल । प्रतिवर्गमिटरमा माटोको उपचार गर्ने र १० ग्राम फोरेट राखी प्लाष्टिकले ३ दिनसम्म छोपीदिने चैत्र वैशाख घाममा खेत जोतेर छोड्ने र जमीनमा सोतर
झारपात राखी जलाई दिने  ।
मोज्याक भाईरस रोग

यो रोग खुर्सानीको लागि निकै हानिकारक मानिन्छ  । यो रोग नर्सरीबाटै पनि शुरु हुन सक्छ  । पात पहेंलो र गुज्मुज्ज परेको पात बटारीएको, बिग्रिएको, बोट वृद्धि राम्रो हुँदैन र फल कम लाग्छ  । यो रोग किराको माध्यमबाट चाँडै एक ठाउँबाट अर्को ठाउँमा सर्दछ  । यस्तो रोग कहिले काहीँ सूक्ष्म खाद्य तत्वको कमिले पनि मिल्दो जुल्दो देखिन्छ र यसलाई चिन्नको लागि प्राविधिकको सल्लाह लिनु पर्ने हुन्छ  ।
व्यवस्थापन विधि
रोगको लक्ष्ण देख्नासाथ बोट उखलेर खाडलमा पुरीदिने  । स्वस्थ्य विउ प्रयोग गर्ने  । किरा हटाउनालाई किटनाषक औषधी रोग र मालाथायन, मेटासिट, नुभान आदी स्प्रे गर्ने  ।
सेतो धुले रोग
यो ढुसीबाट लाग्ने रोग हो  । न्यानो सुख्खा मौसममा हावाबाट सर्ने रोग हो  । पातहरुमा पिठो जस्तो सेतो धुलोले ढाक्दछ  ।
रोकथाम
क्याप्टान वा थिराम २ ।५ प्रतिकिलो बीउ उपचार गर्ने  । क्याप्टान वा थिराम २ ।५ ग्राम÷लिटर पानीमा नर्सरीमा छर्ने  ।
मुख्य मुख्य किराहरु र तिनको रोकथाम
थ्रिप्स कीराः यो एकप्रकारको मसिनो कीरा हो  । माउ र बच्चाले कोत्रेर घाउ बनाई निस्केको रस चुस्छन् । कोत्रेको ठाउँमा खैरा धब्बाहरु देखिन्छन् । पातलाई धर्का पारेको ठाउँमा नियालेर हेर्दा मात्र किरा देखिन्छ  । यसले एक बिरुवाबाट अर्कोमा रोग सार्ने काम पनि गर्छ  ।
रोकथामका उपायहरु
दैहीक औषधी मेटासिस्टक्स, मालाथायन जस्ता औषधी प्रयोग गर्ने, क्षतीको प्रकार हेरी पटक पटक स्प्रे गर्ने  ।
फेव कटुवा
यो किरालाई खुम्ले वा ढुकुवा कीरा पनि भनिन्छ  । भरखर सारेका बिरुवाका फेद काटेर लार्भा अवस्थाका किराहरुले नोक्सान गर्दछ  । यो माटो मुनी बस्दछ  । यो किरा वयस्क अवस्थामा कालो÷खैरो रङ्गको पुतली बन्छ  । अघिल्लो पखेटामा चन्द्राकार र पछिल्लो पखेटाहरु सेता र मैला सेता बुट्टाहरु देखिन्छन् । लार्भा अवस्थामा ध्वाँसे वा पाङ्गो माटो रङ्गको करीब ४०÷४५ मि ।मि । लामो जिउमा अस्पष्ट धर्साहरु हुँदा गुजुल्किने खालका हुन्छन् ।
रोकथामका उपायहरु
रोप्नु वा बेर्नासँग क्लाराडेन ५५ धुलोले प्रतिरोपनी १ किलोको दरले उपचार गर्ने  । बेर्ना सारीसकेर यो किरा देखिएमा माथि लेखीएको विषादी उही दरले माटोको सतहमा छर्कने वा मालाथियन वा सुमिथायन प्रतिलिटर पानीमा २ एम ।एल ।को झोल बनाई प्रत्येक बोट मुनीको माटो ७÷८ से ।मी ।को गोलाईको क्षेत्रफलमा राम्ररी भिज्ने गरी उपचार गर्ने  । फेद काटीएर ढलेका बोटहरु नजिकको माटो मुनीबाट संकलन गरि नास्ने  । गोठेमल वा कम्पोष्टमल पाकेको मात्र प्रयोग गर्ने  ।
फल टिप्ने
खुर्सानीको फल टिप्ने एकै पटक परिपक्व नहुने भएकोले फल टिप्न शुरु गरेपछि २–४ महिना सम्म लगातार टिपिरहन सकिन्छ  । एकपटक टिपिसकेपछि कम्तिमा १०–५ दिन सम्म पुनः फल टिप्नु हुँदैन र फेरी तयार हुन्छ  । अकबरेको हकमा प्रति रोपनी ५०० देखि ८०० कि ।ग्रा ।उत्पादन हुन्छ र प्रति के ।जी । २०० – ३५० सम्ममा विक्री हुनेगरेको पाईएको छ  । प्रति रोपनी ३००० देखि ७००० लगानी गर्दा १ लाख देखी ३ लाख सम्म लिन सकिने देखिन्छ  ।
खुर्सानीको बजार व्यवस्थापन
खुर्सानी ठिकसँग समयमै टिपेर लामो दुरीमा पठाउन चोया वा प्लाष्टिकको क्रेट वा टोकरीमा राखी पठाउन एक बास्केटमा २०–३० के ।जी । भन्दा बढी नराखी पठाउनु पर्छ  । ज्यादा पाकेको र चिसो मिसाउनु हुँदैन  । मूल्य निर्धारण समय अनुसार फरक हुने भएपनि वैशाख जेष्ठ र असोज कार्तिक महिनामा बढी मूल्यमा किनबेच भएको पाईन्छ  । अकबरे खुर्सानीको सुकेको भन्दा
पाकेको तर न सुकाएकोले राम्रो बजार मुल्य पाउँछ  । हरियो काँचो फलमा भन्दा पाकेको रातो फलमा पौष्टिक तत्वहरु बढी प्राप्त गर्न सकिन्छ  ।
(एग्रो मार्ट डट कमबाट