फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकाले एक करोड रुपैयाँको बिपत ब्याबस्थापन कोष स्थापना गरेको छ। कोरोना भाइरस (कोभीड–१९) संक्रमणको सम्भावित जोखिम न्यूनीकरण, नियन्त्रण र सर्वसाधरणको उपचारमा खर्च गर्नेगरी कोष स्थापना भएको हो ।

नगरपालिका मा रहेको कार्यन्यन हुन बाकी रहेका योजना को बजेट बाट एक करोड रुपैयाँ बिपत ब्याबस्थापन कोष मा रकमान्तर गरिएको नगरप्रमुख उत्तम कुमार शर्माले बताए । ‘कोषको परिचालन सार्वजनिक खरिद ऐनअन्तर्गत गरिने छ,’ उनले भने, ‘नगरलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र नगरमा आएका विभिन्न बिपत हरु बाट नगरलाइ जोगाउने गरि कोष खडा गरिएको शर्मा ले बताए । उनका अनुसार ‘लकडाउन’ को समयमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र अति विपन्न परिवारलाई उक्त कोषबाट रकम खर्च गरी राहत उपलब्ध गराइनेछ ।

‘वडा कार्यालयबाट आएको सिफारिसको आधारमा मजदुर र विपन्न परिवारलाई कोषबाटै राहत दिइनेछ,’ उनले भने, ‘अहिलेलाई यो राहत एक हप्ताको लागि वितरण गरिनेछ ।’ नगरपालिका का ११ वटै वडा बाट आएको तथ्यांक अनुसार सप्तकोसी नगरपालिका मा १९ सय ६४ घरदुरी मा ८ हजार ७ सय ७८ जनाको संख्यामा दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवार रहेको नामावली आएको छ यो संख्या मा केहि थपघट गरि खाद्यान्न सामाग्री प्रती ब्याक्ती साढे ३ केजि चामल ३५० ग्राम दाल १ पोका नुन आधा लिटर खाने तेल का दर ले बितरण गरिने नगर प्रमुख शर्मा ले जानकारी दिए ।त्यसैगरि आफ्नो नगरक्षेत्रमा तत्काल लाइ दुइ स्थान मा गरेर ३४ बेड को क्वारेन्टाइन बनाइएको र क्वारेन्टाईनमा बस्ने व्यक्तिहरुलाई खाना र खाजाको व्यवस्था नगरपालिका मिलाउने पनि प्रमुख शर्माले बताए ।

नगर प्रमुख का अनुसार कोरेन्टाईनमा बस्ने ब्याक्तिलाई कोरोना संक्रमणको शंकालागे थप चेकजाँचको लागि सरकारले तोकेको अस्पतालमा जानको लागी नगर भित्र रहेका २ वटा एम्बुलेन्स तयारी अबस्थामा राखिएको र जानेक्रममा प्रयोग हुने एम्बुलेन्सको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने छ ।