वीरध्वज कार्की

धरान कम्युनिष्टहरुको लाल किल्ला मानिन्छ । २०४६ सालको परिवर्तन पछि बामबन्थीहरुले जित्दैं आएको धरानमा काङ्ग्रेसले आफ्नो पक्षमा बनाउन अहिलेसम्म साहस गरेको छैन् । अर्थात पटक पटक केन्द्र सरकारको नेतृत्व गर्दा पनि विकास गर्न नसकेको काङ्ग्रेसलाई धराने जनताले अझै पत्याउन सकेका छैनन् ।
मंसिर १४ को उपनिर्वाचन हत्याउन काङ्ग्रेसले परिर्वतनका लागि काङ्ग्रेस भनेर नारा बनाएको छ । तर के परिर्वतन गर्ने भ्यउ पाउन सकेको छैन् । आन्तरिक द्वन्द्वले राम्रो संगठन गर्न नसकेको काङ्ग्रेस नेकपाको संगठनबाट आजित भएको छ । निर्वाचनमा जित भन्दा पनि मत जोगाउन काङ्ग्रेसलाई समस्या हुने गरेको चिया पसलहरुमा उतिक चर्चा चल्ने गरेको छ ।
काङ्ग्रेसले २०७४ को स्थानीय तहको निर्वाचनमा तिलक राईलाई अघि सार्यो । ४ हजार भन्दा बढि मतले तारा सुब्वासँग पराजय भए । यस पटकको निर्वाचनमा २० हजार साविक एमालेको मतमा ११ हजार माओवदाीको गरेर नेकपाको ३१ हजार मत थपिएको छ । काङ्ग्रेसलाई यो चुनाव जित्न झन फलामको चिउरा चपाएजस्तै हुने छ ।
त्यही भएर नेकपाको साँख गिराउन काङ्ग्रेस बनावटी मुद्वाको खोजीमा थियो । एडिवीको सहयोगमा धरानमा संचालनमा रहेको खानेपानी परियोजना काङ्ग्रेससहितको राजनीतिक दलहरुको सहमतिमा संचालनमा आएको थियो । आयोजना सम्पन्न हुने अन्तिम चरणमा आएर काङ्ग्रेसले खानेपानी संस्थानले हस्तान्तरण गर्नु पर्ने सम्पति हस्तान्तरण गर्ने कामलाई काङ्ग्रेसले ज्ञापन पत्र बुझाएर हस्तान्तरण नगर्न दवाव दियो । यो चुनावमा पानीको असफलताको मुद्वा उठान गर्न यस्तो चाल गरेको धराने जनताले थाहा पाए । परियोजनाको सबै काम सकिएर एक महिना भित्र धरानका १६ वटा वडाहरुमा धरान उपमहानगरपालिकाले पानी वितरण गर्ने तयारी भए पछि काङ्ग्रेसको बनावटी चुनावी मुद्धा ओझेलमा परेको छ ।
यस्तै काङ्ग्रेसले अर्को बस पार्कको मुद्धा उठाउदैंआएको थियो । धरान उपमहानगरपालिकाले धरान–८ स्थित सुन्दरबस्ती आयोजनामा बस पार्क सार्न नदिन पहिले पनि भूमिका निर्वाह गरेको थियो । नेकपाको नेतृत्वमा स्थानीय सरकारले उपमेयर मञ्जु भण्डारीलाई विवाद समाधानको जिम्मा दिएर बस पार्क निर्माण शुरु गरे पछि त्यो पनि काङ्ग्रेस चुनावी एजेण्डाबाट हुस्सिएको छ । ४३ करोड लागतमा स्मार्ट बस पार्क निर्माणका लागि धरान उपमहानगरपालिकाले काम थालेको छ ।
नेकपाको लोकप्रियता बदनाम गर्न लागि परे पनि नसके पछि काङ्ग्रेसजनहरु जित्ने त उनीहरु नै हुन भन्न थालेका छन् ।
विहीबार धरानमा भोट माग्न आएका नेपाली काङ्ग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले भन्दैं थिए -'झण्डा नेकपाको राखे पनि, नेकपामै लागे पनि यस पटक चाही भोट प्रतिपक्षलाई दिन आग्रह गदैं थिए । यसको अर्थ काङ्ग्रेसको स्थानीय नेतृत्वले हामी जित्दैंनौ, नेकपाको संगठन विशाल छ भन्ने रिपोटिङ प्रवक्ता शर्मासम्म पुगेको हो । उनीहरु आफैले जित नेकपाको हो भन्ने संकेत दिइसकेका छन् ।

मतदाताले गर्न नहुने भुल
केन्द्रमा नेकपाको सरकार छ । प्रदेशमा पनि दुईतिहाई बहुमतको नेकपाकै सरकार छ । धरानमा पनि नेकपाकै बहुमतको सरकार छ । मेयर पद खाली रहेकाले त्यसका लागि निर्वाचन हुन लागेको हो । तीनै तहको सरकारको समन्वयमा सवा अर्व भन्दा बढिका योजनाहरु धरानमा संचालनमा छन् । बसपार्क, औद्योगिक ग्राम निर्माण, सेउती सर्दु करिडोर निर्माण, खानेपानी परियोजना, सडक निर्माण, पुल आयोजना, खेलकुद ग्राम निर्माण, पर्यटकीय हव विस्तारलगायतका दर्जन बढि आयोजनाहरुका लागि अर्व भन्दा बढिको बजेट धरानमा आएको छ । धरानमा नेतृत्व फेरिने वितिकै यो बजेट कार्यन्वयनमा जटिलता आउछ । केन्द्र र प्रदेशमा एउटाको नेतृत्व र स्थानीय तहमा अर्कोको नेतृत्व हुने वितिकै बजेटमा राजनीतिक चलखेल हुन्छ । अधिका‌‌‌‍‍श बजेट फ्रिज भएर जाने सम्भावना बढि हुन्छ । आएको बजेट सदुपयोग भएन भने धरानको सम्वृद्धिको यात्रामा ब्रेक लाग्ने कुरा निश्चित छ । यस्ता धेरै उदाहरण छन् । शेरवहादुर देउवा प्रधानमन्त्री भएको बेला २८ करोडमा उदयपुर– भोजपुर जोड्ने रानीटारमा पुल शिलान्यास भए पनि उक्त योजना असफल भयो । २८ करोड सदुपयोग हुन सकेन ।  केन्द्र प्रदेश सरकारले दिएको बजेट उपयोगिताका लागि पनि नेकपाको नेतृत्व धरानमा आउनु जरुरी भएको छ । मतदाताहरुले धरानको सम्वृद्धिको यात्रा निरन्तर राख्न नेकपाको नेतृत्वलाई जिताउनु वाञ्छानिय हुने छ । जित पछि नेतृत्वको खवरदारी र अनुगमन भने जनताले गरिरहनु पर्दछ ।