धरान / मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उम्मेद्वार प्रकास राईलाई धरान उपमहानगरपालिकाको नगरप्रमुख पदमा विजयी गराउने अभियानमा संघीय समाजबादी र नेपाली काङ्ग्रेसका युवाहरु नेकपामा प्रवेश गरेका छन् ।

आज नेकपा पार्टी कार्यालय धरानमा राष्ट्रिय युवा संघ धरानले एक कार्यक्रमको आयोजना गरि नेकपा प्रवेश गराइएको हो । समाजवादी पार्टीका युवा नेता रबिन राईसहित ५० जना याुवाहरु नेकपामा प्रवेश गरेका हुन ।

पार्टी प्रबेश गर्नेहरुमा रबिन राई, विपिन श्रेष्ठ, रविन परियार, अल्कास परियार, जीतु सहानी, मन्दिप तामाङ, सुजन परियार, मिलन परियार, रोशन सहनी, युवाराज श्रेष्ठ, रामकुमार तामाङ, निमा मोक्तान, विकाश लिम्बु, कपील राई, विषण राई, सचिन राई, आशिष शुब्बा, रोहन भूजल, शक्ति राई, गौरव राई, आशिष राई, उमेश राई, सुदिप लिम्बु, कमल लिम्बु, प्रदिप राई, विपीन राई, शुशान्त राई, लक्षु राई, सुनिल बि.क. निरान राई, बिमल राई, रोशन राई, खगेन राई, योगेश राई, साहिल सहनी, भिम कुमारी राई, तुलसा राई र तनुजा राई रहेका छन् ।

पार्टी परित्याग गरी नवप्रबेशी युवाहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष पप्पु मण्डल, संघिय सांसद जयकुमार राईले,  जिल्ला सदस्य  भीम ज्अरवाला राइ असोक राईलेअविर पूmलमाला लगाई पार्टी प्रबेश गराएका थिए ।

कार्यक्रमको अध्यक्षता राजेन्द्र राई, प्रमुख अतिथि नेकपाका अध्यक्ष पप्पु मण्डल, जिल्ला सदस्य अशोक राई, भीम ज्वाला राई। नगर सदस्य राजमणी निराैलालगायतको उपस्थिति रहेको थियो ।

72475311_1019498025057736_8324826773581725696_n