धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बध महिला परिचालन उपसमितिले धरान उपमहानगरपालिकाले महिलाहरुको हकहितका लागि नयाँ कार्यक्रम ल्याएको बताएका छन् । महिलाको हक अधिकारदेखि उनीहरुको आधारभूत सेवा सुविधाका लागि उपमहानगरले महत्वपूण भूमिका निर्वाह गरेको उनीहरुले बताएका छन् ।
आज महिलाहरुले नेकपाका तर्फबाट उम्मेद्वार बनेका प्रकाश राईलाई जिताई अझ हक अधिकार सुनिश्चित गर्न धराने महिलाहरुलाई आवहानसमेत गरेको छ । नेकापा कै उम्मेद्वारलाई भोट दिनु पर्ने कारणहरुसमेत सार्वजनिक गरिएको छ ।

यस्ता छन् कारणहरुः
 नेकपाको सरकारले आमाको नामबाट पनि छोरा वा छोरीले नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरेकोले ।
 लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा समानताको व्यवस्था गरेकोले ।
 प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान बंशीय हकको व्यवस्था गरेकोले ।
 प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरेकोले ।
 राज्यका सबै निकाय (निजामती, सेना, प्रहरी, शिक्षक लगायत)मा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको व्यवस्था गरेकोले ।
 महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र समाजिक सुरक्षामा सकरात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हकको व्यवस्था गरेकोले ।
 सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरेकोले ।
 राष्ट्रीयसभा महिलाहरुको झण्डै चालिस प्रतिशत सहभागिताको व्यवस्था गरेकोले ।
 प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशत, गाउँसभा र नगरसभामा महिलाहरुको ४० प्रतिशत सहभागिताको व्यवस्था गरेकोले ।
 राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाको सभामुख र उपसभामुख, प्रदेशसभाको सभामुख र उपसभामुख मध्ये एक महिला हुनै पर्ने व्यवस्था गरेकोले ।
 गाउपालिकाको अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाको प्रमुख वा उपप्रमुख मध्ये एक महिला उम्मेदार हुनु पर्ने अनिवार्य व्यवस्था गरेकोले ।
 एकल महिलाका लागी सामाजिक सुरक्षा भत्तामा उमेरको हद नलाग्ने व्यवस्था गरेकाले ।
 महिलाको नाममा जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन पास शुल्कमा २५ % छुट गराउन सफल भएकोले ।

 धरान वासी महिलाहरुलाई तालिमको लागि तालिम केन्द्र हल निर्माण गर्न बजेट विनियोजन गरेकोले ।
 सुक्ुम्बासीहरुलाई नगरवासी बनाउन घर नम्बरको व्यवस्था गरेकोले ।
 धरानवासी महिलाहरुलाई उद्योग व्यवसाय संचानल गर्नको लागि २५ प्रतिशत कर छुट गरेकोले ।
 स्वास्थ्य स्वंयमसेविकाको स्वास्थ्य वीमाको व्यवस्था गरेकोले ।
 नेकपाको धरान नगर सरकारले छुवाछुत मुक्त अभियान धरानमा संचालन गरेकोले ।
 “महिला उपमेयर उद्धमशिलता कार्यक्रम”लाई बजेट विनियोजन गरेकोले ।

वडा नं ७ मा पनि वडा अध्यक्षले गरेका कार्यहरु
 गर्ववती महिलाहरुलाई पोषण भत्ता बापत रु ३००० प्रदान गरिदै आएकोले ।
 महिला लक्षित कार्यक्रमका लागि १३ प्रतिशत र बालबालिकाको क्षेत्रमा २५ प्रतिशत बजेट विनियोजन गरेकोले
 जन्मदर्तामा आउने प्रत्येक नवजात शिशुका लागी अनिवार्य नवजात शिशु खाता सञ्चालन गर्न रु २००० प्रदान गर्दै आएकोले ।

त्यसैले ; लैंगिक समानता र महिला मुक्तिका लागि नेकपाको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार कमरेड प्रकाश राई लाई चुनाव चिन्न सुर्यमा मतदान गरी अत्यधीक बहुमतले विजय गराउन सम्पुर्ण महिला आमा दिदीबहीनीहरुमा हार्दिक अपील गर्दछौ !
नारा ः
 धरानको महिला के भन्छन् – सुर्यमा मतदान गरौं भन्छन् !
 महिलाहरुको आवहान – सुर्यमा मतदान !
 सम्पूर्ण उत्पीडित महिलाहरु एक हौं – नेकपाको चुनाव चिन्न सुर्यमा मतदान गरौैं !