धरान,२९ कार्तिक । नेपाल कम्युनिष्ट पाटी(नेकपा) धरानले आगामी मंशीर १४ गते हुने उप निर्वाचनको लागि धरानको भानुचौकमा विशाल आम सभा गर्ने भएको छ ।
शुक्रबार नेकपा धरानको पार्टी कार्यालयमा नेकपा निकट जनप्रतिनिधीसँगको वैठकमा निर्वाचन परिचालन कमिटी संयोजक रमेश कुमार वस्नेतले दिएको जानकारी अनुसार भानुचोकमा मंसिर ११ गते विशाल आम सभा हुने भएको हो ।
उनका अनुसार आम सभालाई संवोधन गर्नको लागि नेकपा पाटी अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) आउने भएका छन् । त्यसैगरि आमसभालाई साँगितिक माहोल वनाएर सांगितिक मनोरन्जन दिलाउनको लागि जन गायक जीवी टुहुरे र शम्भु राई धरानमा आउने भएको वस्नेतले बताए । नेकपाबाट जनप्रतिनिधी भएकोहरको भेलामा नेकपाका नेताहरुले उप निर्वाचनमा जनप्रतिनिधीलाई उम्मेद्धवार प्रकाश राईलाई जिताउन निर्देशन पनि दिएका छन् । नेकपाका नेता धर्मराज निरौलाले चुनाव युद्ध भएकाले युद्धमा होमिन आग्रह गरेका छन् । कार्यक्रममा धरानका १५ वडाका सवै जनप्रनिधिहरुसहित प्रदेश तथा जिल्ला र नगरको नेताहहरु थिए । जनप्रतिनिधीहरुले वडामा गरेका प्रगति विवरणसमेत प्रस्तुत गरेका थिए । वडावडाहरुमा भएका विकास निर्माणका कामलाई जनतासम्म पु¥याउन केन्द्रीय सदस्य निरौलाले निर्देशनसमेत दिए ।