धरान / भारतीय विस्तारवादको विरोध गर्दै नेकपाले घरदैलो अभियान सुरु गरेको छ ।
नेकपाका तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बनेका प्रकाश राईले भारतले नेपालको भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामाथी आँखा गाडेको भन्दै त्यसको विरोध गरेका थिए । राईले भारतलाई असल छिमेकीको रुपमा आफुहरुले हेर्न चाहेको भन्दै विस्तारवादको कदम र सिमानामा मिचाहा प्रवृत्ति आफ्नो लागी सह्यै नभएको बताएका थिए । उनले अहिले भारतले नक्सा परिवर्तन गरेर नेपालको भुभाग भारतमा पारेको त्यस्तो कदम आफुहरुलाई मान्य नहुने बताए ।नेकपाको घरदैलो अभियान शुक्रबार धरानको १६ नं। वडामा चलिरहेको छ ।

स्वामिचोकबाट सुरु भएको अभियान स्वामिचोक पश्चिम दक्षिण हुँदै घर घरमा मतदाताहरुसँग मत माग्ने काम सुचारु रहेको निर्वाचन परिचालन कमिटि संयोजक रमेश बस्नेतले बताए । उनले नेकपाको पक्षमा धरानको जनलहर धरदैलो कार्यक्रममा देखिएको बताए । बस्नेतका अनुसार प्रायजसो वडामा घरदैलो अभियान अहिले विजयी ¥याली जस्तै विशाल देखिएको छ ।धरान–१६ मा यस अघि नेकपाका उम्मेदवार दिकुमार गिरीले वडाध्यक्षमा भारी मतले विजयी भए थिए । दिलकुमार गिरी १६ नं। वडामा निकै लोकप्रिय छन् । गिरीको लोकप्रियतासँगै नेकपाले १६ नं। वडामा धेरै मत ल्याउने आंकलन स्थानीय घनश्याम बुढाथोकीले बताए । उपनिर्वाचनको मिति नजिकिदै जाँदा दलहरु मतदातालाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । मुख्य दल घरदैलो अभियानमा छन् भने साना दल आफ्ना कार्यकर्तासँग भेटघाटमै व्यस्त छन् । २०७४ सालमा नेकपाले धरान उपमहानगरपालिकाको २० वटा वडा मध्ये १५ वटामा जित हाँसिल गरेको छ ।