• भरतराज शर्मा(गोपाल)

धरान,सुनसरी । आगामी मंसिर १४ को निर्वाचनका उम्मेदवार प्रकास राईलाई विजय गराउन नेकपाका केन्द्रिय स्तरका नेतासहित अनेरास्ववियू संयोजक ऐर महर र सह संयोजक रञ्जित तामाङ धरान आएका छन ।

धरान उपमहानगरपालीकाको मेयर तारा सुब्बाको निधन भए पछि रितm रहेको मेयरका उम्मेदवारलाई दुई तिहाई मतले विजयका लागी जनतासँग आग्रह गर्न अनेरास्ववियू प्रदेश नम्वर एकको वृहत कार्यकर्ता भेलालाई संबोधन गर्न नेकपाका केन्द्रिय सदस्य विनोद ढकाल र विद्यार्थीको संयोजक सहितको टिम धरान आएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा पार्टी विद्यार्थी इन्चार्ज विनोद ढकालले धरानमा विगत लामो समयदेखी कम्युनिष्ट पार्टीले विजय गरेको स्मरण गराउँदै भने, निर्वाचनमा साविक एमालेका उम्मेदवार तारा सुब्बाले चार हजार मतले. निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका तिलक राईलाई पराजित गरेका थिए । हाल माओवादी केन्द्र र एमाले पार्टी एकिकरण भई नेकपा भए पछि नेकपाले विजय मात्रै होइन ठुलो मतान्तरले विजय गर्नु पर्ने वताएका छन ।

कार्यक्रमका विशेष अतिथि अनेरास्ववियूका केन्द्रिय संयोजक ऐन महरले भने अहिले स्थानिय तहदेखी केन्द्रिय तहसम्म नेकपा नेतृत्वको सरकार छ । जसले गर्दा सरकारले धेरै महत्वपुर्ण कार्य गरेको हुनाले ति राम्रा काम जनता समक्ष पु¥याउन निर्देशन दिइएका छन ।त्यस्तै कार्यक्रमका अर्का विशेष अतिथि अनेरास्ववियूका केन्द्रिय सहसंयोजक रञ्जित तामाङले अहिले नेपाली कांग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निभाउन नसकेको आरोप लगाउँदै भने विजयका लागी होइन रचनात्मक प्रतिपक्षको भुमिका निर्वाहका लागी तयार हुुन चुनौती दिइएका छन ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियूका प्रदेश इन्चार्ज वासिम आलामले गरेका थिए भने संचालन साविक अखिल क्रान्तिकारी केन्द्रिय सचिव मदन भट्टराइले गरेका थिए ।

73084692_419946208951534_747897472889651200_n