• परशुराम यादव

विगत केही वर्षयतादेखि सामाजिक सञ्जालसँगै सेल्फी शब्दले खुब बजार पाएको छ । विशेषगरी युवा पुस्तामा यसको लत बढी देखिन्छ । खासगरि आफ्नो फोटो खिचिदिने साथी नभएको समयमा वा साथीले राम्रो फोटो नखिच्नसक्ने अवस्थामा अथवा आफू अनुकुल आफ्नो फोटो नहुने अवस्थामा सेल्फी खिच्ने चलन रहेको छ । सेल्फीको अर्थ आफनो काम आफै गर्नु भन्ने बुझिन्छ । हुन त यसले व्यक्तिको परनिरर्भतालाई घटाउन र स्ववालम्बी बनाउन मद्त गर्दछ त्यसभन्दा पनि व्यक्तिको स्वतन्त्रतालाई अझ बलियो बनाउन मद्त गर्दछ । जुन एउटा व्यक्तिको लागि अति नै महत्वपूर्ण हुन्छ । ईतिहास अध्ययन गर्दा स्वतन्त्रता र स्वाभिमानको खोजीमा संसारमा कैयन हिंसात्मक तथा अहिँसात्मक अन्दोलन भएका छन । केही सयमको लागि विश्राम लिए पनि हालसम्म संघर्ष सकिएको छैन र सकिने छाँटकाट पनि देखिदैन । अहिलेसम्म पनि हजारौ समुह र समुदाय सहअस्तित्व, स्वाभिमान, समानता र स्वतन्त्रताको लागि शासकवर्गसँग संघर्ष गर्दै आएका छन् । शासकवर्गको लागि विविधता व्यवस्थापन एउटा ठूलो समस्याको रूपमा देखापरेको छ । हुन पनि हो विविधता देशको लागि अवसर र चुनौती दुवै हो । व्यवस्थापन गर्न सक्यो भने चारजात छत्तिस बर्णको एउटा सुन्दर फुलवारी हुन्छ, सकेनौं भने जंगली राज्य हुन्छ, जहाँ बलियोले कमजोरलाई आफ्नो आहारा बनाउँछ । विविधताले सुसज्जित हाम्रो देशका नागरिकहरू सदियौंदेखि संघर्षरत छन् । सम्बृद्धिको आशमा बारम्बार लड्दैछन् । शक्तिकेन्द्रहरूलाई घुँडा टेकाउन सफल पनि भएका छन् । तर बिडम्बना नै भन्नु पर्दछ देशले सेवा जन्माउन सकेन, शासक मात्र जन्माउँदै आएको छ । नेताहरू सत्ता पाएको केही दिनपछि शासक वर्गमा रूपान्तरित हुन्छन् र देश र समाजको नेताभन्दा आफ्नो बर्ग, क्षेत्र र समुदायको मात्र नेता बन्न पुग्छन् । के(के न के(के पाउने आशमा लडेका आम नागरिकको बिशेष गरि सिमान्तिकृत वर्गको सपना चक्नाचुर हुन्छन् । नागरिकको लागि संर्घष बाहेकको सवै बाटो बन्द हुन्छन । हुन त महान दार्शनिक हिगेलले वाद प्रतिवाद सम्वाद नियमित चलिरहने प्रक्रियाको रूपमा अर्थयाएका छन तर प्रश्न के उठछ भने के सिमान्तिकृत बर्ग अन्दोलनका लागि मात्र जन्मेका हुन त ? उनका हरेक पुस्ताले शासकबर्गको सिंहासन बनाउनको लागि मात्रै हुन ?
जनता अन्दोलन गर्ने, शासनसत्ता बदल्न साहरा दिने नेतालाई सत्तामा पुर्याउने तर त्यसको प्रतिफल नपाउने । अधिकारको अवाज उठाउने बित्तिकै डालरको प्रभाव भनेर उडाई दिने हो भने हजारौको बलिदानीको औचित्य कसरी पुष्टि हुन सक्दछन् । लोकतन्त्रको प्रतिफल घृणा, अपमान, बिभेद, अन्यय पक्कै पनि होईन होल । आफ्नो विकास आफै गर्न, आफनो अन्दोलन आफै हाँक्न, आफ्नो समस्या आफनै पहलमा समाधान गर्न विकास नयाँ मोडल सेल्फीको विकास भएको छ । जसमा जसको सवाल उसैको नेतृत्व हुन्छ । संघिय शासन प्रणाली र सेल्फी मोडल धेरैहदसम्म मेलखान्छ । जाती, बर्ग र समुदाय अनुसारको सानो प्रदेश जसमा बहुसंख्यक नागरिकको सहभागीतालाई सुनिश्च हुनुपथ्र्यो तर राज्यको पुनरसंरचना गर्द यसको ठीक उल्टो गरियो । एउटै बर्ग र समुदाय बिभाजन गर्ने कार्य भयो । खोलानाला हिमाल पहाडको नाममा प्रदेशको नाम राख्न सहमती जुटने तर तर हालसम्म अपहेलित, पिडित, पछाडि पारिएको बर्ग वा समुदायको नामसँग जोड्न नमान्नु राजनीतिक बेइमानी पनि हो ।
सेल्फी मोडेल समाज अन्दोलन र अभियानमा केही हदसम्म सफल पनि भएका छन् । जसका फलस्वरूप देशमा अधिकाँश जातजाति बर्ग समुदाय र क्षेत्रका आआफ्नै संगठन तयार भएका छन् । थोरै भएपनि आफनो समुदाय, बर्ग र क्षेत्रको हक र अधिकारका लागि बोल्न र दबाव दिन र अन्यय अत्याचारको खिलाफ प्रतिमा प्रतिकार गर्नसम्म मद्त गरेका छन् । स्थानिय निकायसम्म आफनो भागमा आएका रकम माग्न र खर्च गर्न सक्ने काममा सक्रियता बढदै गएका छन् । कैयन महिला पुरूषहरू संसारमै अव्वल पुरस्कारहरू जितन सफल पनि भएका छन् । राजनीतिक चेतनामा बृद्धि भएका छन् । गुठी बिधेयक र लोकसेवा आयोगको बिज्ञापनको विरूद्धमा भएका संघर्ष यसका उदाहरण हुन् ।
२००७ साल देखिको राजनीतिमा सक्रिय कैयन सिमान्तिकृत समुदाय तथा बर्गका नेताहरू आफनै पार्टी बनाएर अगुवाई नगरेसम्म आफनो समुदाय, बर्ग र क्षेत्रको कल्याण हुन नसक्ने निश्र्कषमा पुगेपछि नेपाली कग्रेस र एमाले परित्याग गरि नयाँ पार्टी स्थापना गरि संर्घषलाई अगाडि बढाएको पाइन्छ । राजनीतिमा यसले ठूलो तरङग ल्याएको छ । राष्टिूय पार्टी परित्याग गरि क्षेत्रीय पार्टी खोल्नु उनीहरूको लागि ठूला चुनौती थियो । उनीहरूले हिम्मत गरेकै हुन् । मधेश र मधेशी शव्द जोडेर पार्टी निर्माण भए, जातजातीको नाम जोडेर बिभिन्न मोर्चाहरू खडा भए । यहाँसम्म कि मधेशलाई छुट्टै राज्यको रूपमा माग गदै सिके राउतले अहिंसात्मक अन्दोलन गर्नपनि पछि परेनन् । निर्वाचन बहिष्कारमा पनि लागे । अधिकारको लागि लामो अन्दोलन चल्यो । भारतीय सिमानामा अवरोध खडा गरि नाकावन्दीको बातावरण सृजना भए । कर्मचारी, व्यापारी, पत्रकार, नेता, जनता सवै मधेशी र पहाडी गरि दुई कित्तामा बिभाजीत भए । शासकहरू राष्टिूयताको सवाललाई उछाल्दै आफना बर्ग र समुदाय बाहेकको बर्ग र समुदायलाई राष्टूघातीको संज्ञा दिएकै कारणले सदियाँैदेखि चल्दैआएका हरेक विभेदका रूपहरू झन् निरन्तरता पाउदै गएको छ ।
दशकौसम्म संर्घष गरि ओहदा बनाउन सफल नेताहरू सेल्फीको मोहमा पर्नु उनको रहर थिएन होला । व्यक्तिगत लाभ राष्टिूय पार्टीमा नै बढी थियो र पनि संर्घषको बाटो रोज्नु पनि उनीहरूको लागि बाध्यता नै थियो । राजनीतिक अन्दोलनको अग्रपंङतिमा रही काम गरेका सिमान्तिकृत बर्गका जनप्रनिधीहरूं राज्य एवं पार्टी संचालन गर्न अवसर प्राप्त गर्न सकेनन् । नेपालको राजनीति ब्राम्हण र क्षेत्री बर्गको वरिपरी घुमिरहयो । देशको शासन, साधन र स्रोतमा उनीहरूकै हालिमुहाली चल्दै आयो । कार्यपालिका, व्यवस्थापिका र न्ययपालिकामा एउटै बर्ग, समुदाय र भाषा भेषकोभूषाको बर्चस्व कायम रहदै गयो । आफ्नो भाषा बोल्दा र आफ्नो पहिचानको लुगा लगाउदा समेत अपमान सहनु परेको थियो । राज्यका हरेक निकाय पूर्वाग्रही भईदियो ।
देशका नेताहरू आफनो बर्ग र समुदायको मात्र नेता भए । राष्टिूय मिडियाहरू काठमाडांैलाई मात्रै नेपाल देख्न थाले पत्रकारका क्यामाराहरू उत्तरतिर मात्र फर्किए । विद्यालयका पाठ्यक्रमहरू पहाडी सन्र्दभ र भाषालाई प्राथमिकताका साथ अगाडि बढायो । मधेशका आन्दोलनकारीलाई नेपालको सिमानाभित्र बस्न दिएनन् । उनीहरूलाई नो म्यान्स् ल्याण्डमा बस्न बाध्य गराईयो ।
यसरी बारम्बार धोखा पाएका सिमान्तिकृत बर्ग सेल्फीकै सहारा लिन बाध्य भए । जसमा उनीहरूले आफ्नोपनको अनुभूती गर्न थालेका छन् । आफ्नै राजनीतिक दल, आफ्नै मोर्चा, आफ्नै मिडिया हाउस, आफ्नै संघ संस्था र आफ्नै सरकार यहाँसम्म कि आफ्नै राज्यको परिकल्पना गर्न थालेका छन् । जमाना सेल्फीकै छ त्यसकारण राज्यसंचालकहरू मधेशको सेल्फीवाट पाठ सिकून् । संघीयतालाई सेल्फीकै मोडलमा विकास गरौ । जसको सवल उसकै नेतृत्वलाई कहि कसैले पनि इन्कार गर्न हुँदैन । मिल्दैन पनि । (मधेश दर्पण)