धरान / उपमहानगरपालिका बन्ने वितिकै चिल्ला सडक, सुविधा सम्पन्न शिक्षालय, उचित स्वास्थ्य उपचार केन्द्र, खोलाखोल्सामा प्रयाप्त पुल पुलेसा भएको, सञ्चारको प्रयाप्त सुविधा भएको उच्च साक्षर दर भएको पालिका मान्छि । राज्यको उपमहानगर बनाउने मापदण्ड पनि यही हो । तर कोशी प्रदेशका दुई उपमहानगर मध्य धरान उपमहानगरपालिकाका केही वडाहरुले उपमहानगरको मापदण्डलाई गिज्याइरहेको छ । त्यस मध्य धरान उपमहानगरको वडा नं. ४ पनि पर्छ । यातायात सञ्चार, सडक, स्वास्थ्य शिक्षा सबै कुरामा एउटा दुर्गम पालिका भन्दा कम छैन् । पिच सडक पुगेको छैन् । खोलाखोल्सीमा पुल छैनन् । कतिपय स्थानमा विजसली बलेको छैन् । मोवाईन नृटवर्क अभावमा यहाँका स्थानीय डाँडाकडाँ खोज्दैं हिड्नु पर्छ । माध्यमिक तहको विद्यालयमा बालबालिका पढाउन दुई तीन घण्टाको बाटो हिडेर धरान बजार आउनु पर्छ । राम्रो स्वास्थ्य उपचार केन्द्र छैन् ।
तर त्यहाँ उत्पादन भएका कृषी सामाग्री, दुध, अम्लिसो, अदुवा,लगायतका सामाग्रीहरु धरान बजारमा क्षेत्रमा बस्ने स्थानीयवासीहरुलाई अनेक दुःख झेलेर पुर्याउदैं आएको छ । स्थानीय इश्वर राई भन्नुहुन्छ, धरानको ४ नं. वडा बत्तिमुनीको अध्यारो जस्तो छ । यहाँका शासकहरको नजरमा पर्न सकेको छैन् । सजिलो बाटो बजारसम्म आउन पुलसमेत नहुदा ठूलो सास्ती खेप्न परेको उहाँ बताउनु हुन्छ । धरान उपमहानगरपालिका वडा नं. ४ स्थित सेउती खोलाको जुवानेमा रहेको निर्माणधिन अवस्थामा अलपत्र परेको पुललाई इंकित गदैं उहाँले मंगलबार माननीय, एमाले पार्टी पङ्तीलगायत पत्रकार समक्ष गुनासो पोख्नुभयो । सँगै गाउँमा पीडा भोग्दैं आएका स्थानीयहरुलाई समेत ल्याएर उहाँहरुले दुख विसाउनु भयो ।
पुलको अनुगमन
सुनसरी क्षेत्र नं. १(१)का प्रदेश सभा सदस्यसहित नेकपा एमालेका नेताहरुसहित अलपत्र पुलको स्थानीयको रोहबरमा अनुगमन गर्ने काम भएको छ । वडा नं. ४ का डाडे, तेलनपुर, शिवजट्टा, हर्दियालगायत स्थानबाट धरान बजारसम्म ओहोर दोहोर गर्न घुमाउरो बाटो प्रयोग गदैं आएका स्थानीय उक्त जुवाने क्षेत्रमा पुल भए राहत हुने गुनासो गरे पछि मंगलबार उक्त क्षेत्रको अनुगमन गरिएको हो ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य भीमज्वाला राईको समन्वयमा स्थानीयहरुलाईसमेत बोलाएर पुलको अवश्यकता र बनाउन लाग्ने खर्चबारे छलफल भएको थियो ।
स्थानीय राजेन्द्र राईले २०७४ को स्थानीय तहको निर्वाचन पछि धरान उपमहानगरका तत्कालिन मेयर स्व. तारा सुब्बाले १५ लाख बजेट विनियोजन गरे पछि उक्त बजेटले खोलामा पिलर उठाउने काम भएको थियो । पछि प्रदेश सरकारले २० लाख बजेट दिए पनि स्थगानीय नेतृत्वको वेवास्थाले ५ लाख फर्किएर गएको र बाँकीको काम भएको थियो ।
गत भदौंमा आएको ठूलो बाढीले खोलामा भएका पिलरहरु बंगाइदिएको छ । लामो समयको वेवास्ताले भएको संरचनामा क्षति पुगेको धरान ४ नं. वडाका वडा सदस्य राज चाम्लिङले बताउनु भयो । स्थनीय सरकारको वेवास्ताले पुल बन्न नसकेको उहाँको भनाई छ । तारा सुब्बा पछिका मेयरहरुले उक्त योजनालाई पुरा गर्न ध्यान नदिदा स्थानीयको समस्या समाधान नभएको उहाँको भनाई छ ।
माननीयसँग आशावादी
गत चैत्रमा उक्त संरचनाको अनुगमन गरि प्रदेश सभा सदस्य रमेश बस्नेतले प्रदेश सरकारबाट १५ लाख बजेट तय गरि उक्त पुल बनाउने निधो गरे पछि गत भदौंमा आएको बाढीले २।३ वटा पहिले बनाएको पिलरमा क्षति गरे पछि उक्त बजेटबाट पुल सम्पन्न नहुने प्राविधिकहरुले बताएका छन् । स्थानीय सरकारबाट श्रोत जुटाई थप बजेटको व्यवस्था गरि यो आर्थिक बर्षमा पुल बनाईदिन स्थानीयले आग्रहसमेत गरेका छन् ।
'माननीय रमेश बस्नेत ज्युले यस क्षेत्रको लागि गरिपनि रहनु भएको छ । १५ लाखका लागि पहल पनि गर्नु भएको छ । अव थप लाग्ने बजेटको लागि उहाँले पहल गरिदिनुहुन्छ भन्ने हामीले आशा गरेका छौं ।'-स्थानीयवासी राजेन्द्र राईले भन्नुभयो ।
प्रदेश सभा सदस्य बस्नेतले सबैको सहकार्यमा स्व. तारा सुब्बाले थालेको अधुरो कामलाई पुरा गर्नु पर्ने बताउनु भयो । उहाँले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । पुल बने करिव एक हजार घरधुरी लाभांवित हुने उहाँको भनाई छ । प्रदेश सरकारबाट आएकाे १५ लाखबाट प्राविधिकहरुसँग परामर्श गरेर काम सुरु गर्न उहाँले सुझाउनु भएकाे छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य भीमज्वालाले अधुरो योजना पुरा गर्न पार्टीबाट पनि सक्दो पहलकदमी गर्ने बताउनु भयाे । स्थानीयहरुले पुल नबन्दा यहाँका वासिन्दाले भोग्नुपरेको दुःखबारे प्रष्टाएका थिए ।
धरान ४ बतिमुनीको अध्यारो
धरान बजार भर्न सागुरीगढी, नाम्जे, राजारानी, केरावारीको माथिल्लो भेगका स्थानीय यहीबाट भएर आउने गर्छन् । तर पुल अभावमा स्थानीयले सास्ती खेप्दैं आएका छन् । धरान ४ बत्तिमुनीको अध्यरो भएको स्थानीय इश्वर राई बताउनु हुन्छ । अधुरो रहेको पुल बनाइदिन उहाँले आग्रह गर्नु भयो । ४ नम्बर वडाभीत्रै रहेका छबोटे, दानाबारी, कालिमाटी, नैने, खाकर डाँडा, किरात टोल, नहरे, जुवाने, हर्दीया, तेलनपुर, एक्लेटार र ढाडे लगायतका सयौँ घरपरिवार समस्यामा छन् । उपमहानगर नेतृत्वले ुकनै पहल कदमी नगरे पछि यहाँका स्थानीय निराँससमेत भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाउनु भएको छ । तर ४ नं. वडाका जनताका समस्याबारे भने उहाँ बखर रहनुभएको स्थानीयको गुनासो छ । 'मेयर खोलाले बगाउने ठाउँमा पार्क बनाउदैं हिड्नुहुन्छ । सेउतीको जुवाने खोलामा श्रमदानबाट पुल बनाइदिए यहाँका जनताले राहत पाउथेनी ।'- एक स्थानीयले भन्नुभयो ।
पुल बने एक हजार घरधुरी परिवारलाई राहत हुने
यो खोला बर्षामा वारपार हुन्छ । कतिपय कृषकहरुले आफ्ना उत्पादनहरु ल्याउदा बगाएको उदाहरण छ । पुल अभावले यहाँ उत्पादन भएका कृषीजन्य सामाग्री स्थानीयले ढुक्कले बजार लगेर विक्रि गर्न पाएका छैनन् । पुल भए आधा घण्टाको बाटो हो धरान बजार पुग्न तर पुल नभए पछि यहाँका स्थानीय तल काठेपुल घुमेर झण्डै दुर्ई घण्टाको समय खर्चेर जाने गरेको स्थानीय अविरसिंह राई बताउनु हुन्छ । पुल निर्माण भए धरान ४ सहित छिमेकी पालिकाका स्थानीयहरु पनि लाभान्वित हुने उहाँको भनाई छ । यो पुल बने करिव एक हजार घरधुरी परिवार प्रत्यक्ष लाभान्वित हुने उहाँको भनाई छ । स्थानीय तह र प्रदेश सरकारले पुल बनाउन सहयोग गरे आफुहरु श्रमदान गर्न पनि तयार रहेको राईले बताउनु भयो । स्थानीय हिमाश्वरी राईले छोराछोरीहरुलाई विद्यालय जादाँ खोलाले बगाउने भयले कति समय विद्यालयसमेत जान नपाएको सुनाउनु भयो । पुल बनाए यस क्षेत्रका स्थानीयलाई ठूलो राहत हुने बताउदैं उहाँले सांसद, स्थानीय सरकार र राजनीतिक पार्टीहरुको समेत ध्यानाकर्षण गराउनु भयो ।
अनुगमनमा प्रदेश सभा सदस्य बस्नेत, मजदुर नेता भीमज्वाला राई, नेकपा एमाले धरान उपमहानगर कमिटी सचिव राजेन्द्र राई ४ नं वडा सदस्य राज चाम्लिङलगायत पत्रकारहरुको टोली पुुगेको थियो ।