फलानो भन्छ, ‘मधुमेह भएमा यस्तो खानेकुरा नखानु ।’ अर्कोले भन्छ, ‘थाइराइड छ भने यस्तो खानेकुरा खानु ।’ अर्थात कुनैपनि रोग लागिसकेपछि वा रोग लाग्नुअघि त्यसबारे सर्तकता कसरी अपनाउने भन्ने कुरामा धेरैले यस्तै सुझाव दिन्छन् । यो खानु, त्यो नखानु । यसरी खानु, त्यसरी नखानु ।
खासमा के खाने रु के नखाने रु कसरी खाने
निश्चय पनि खानपानसँग शरीरको सोझो सम्बन्ध छ । कुनैपनि रोग लाग्नु वा कुनैपनि रोगको निदान खोज्नुमा खानपानको भूमिका हुन्छ । कस्तो खाने, कसरी खाने भन्ने कुराले पनि हाम्रो स्वास्थ्यलाई राम्रोरनराम्रो गरिरहेको हुन्छ । त्यसैले यी आधारभूत कुरा जान्नैपर्छ ।
अक्सर हामी मधुमेहमा चिनी खानै हुन्न भन्छौं, उच्च रक्तचापमा नुन पूर्णत बन्द गर्नुपर्छ भन्छौं, फ्याटी लिभरमा चिल्लो पर्दाथ खानै हुन्न हुन्छौ ।
अर्कोतर्फ व्यस्त जीवनशैली तथा तनावका कारण हामी खानामा खासै ध्यान दिदैनौ । जसले गर्दा हामी गलत खानेकुरा खाने गर्छ । जुन स्वास्थ्यवर्दक नहुन सक्छ । यस्ता खानेकुराले स्वास्थ्य सम्बन्धि कुनै न कुनै समस्या अवश्य निम्त्याउँछ । र, नचाहदाँ नचाहँदै चिकित्सकका जानु पर्छ । यदी तपाई पनि चिकित्सकका जान चाहनुहुन्न भने यो जान्न आवश्यक छ कि कुन रोगमा के खाने के नखाने ।
मधुमेह
के खाने ।
(हरियो सागसब्जी, सोया, मुंग, कालो चना, ब्राउन राइस, राजमा तथा अण्डाको सेतो भाग ।
(प्रोटिन तथा फाइबरयुक्त खानेकुरा ।
(फलफूलमा चेरी, स्ट्रबेरी, स्याउ, सुन्तला, अनार, मेवा इत्यादी । सागसब्जीमा करेला, लौका, तोरी, फर्सी, काक्रोँ ।
(दैनिक एक मुठ्ठी ड्राई फ्रुट्सको सेवन ।
(कलेरा, लौका, टमाटर, एलोभेराको जूस मधुमेहका विरामीलाई लाभदायक मानिन्छ ।
के नखाने
(गुड, चिनी, मह, चकलेट, केक, पेस्ट्री लगायतका गुलियो खानेकुरा ।
(मैदा, सुजी, सेतो चामल, सेतो ब्रेड, नुडलस, पिज्जा, विस्कुट नखाने ।
(तारेको तथा भुटेको खानेकुरा, च्याख्ला, मकैको पिठो, प्याकेटका खानेकुरा ।
(आप, केरा, अंगूर, अनारसमा चिनी धेरै हुने भएकोले यस्ता फलफूल पनि खानु हुँदैन ।
(स्टार्च तथा कार्बोहाइड्रेट्सयुक्त खानेकुरा आलु, कटर, सखरखण्ड, चुकन्दर पनि खानुहुँदैन। किनकी यस्ता ग्लूकोजको मात्रा अत्याधिक हुन्छ ।
हृदयाघात
के खाने 
(हरियो सागसब्जी, दाल, स्ट्रबेरी, सुन्तलाm सीताफल । यसमा क्याल्सियम, पोटासियम तथा म्याग्नेसियमको मात्रा धेरै हुन्छ ।
(सूप, सलाद, अमिलो फलफूल, सोया, आरु, कागती पानी, कालो चना ।
(ओमेगा ३ फ्याटी एसिडले भरिपूर्ण बदाम, आलसी, माछाको तेल, ओख्खर इत्यादी ।
के नखाने

(बटर, घ्यूमा स्याचुरेटेड फ्याटको मात्रा धेरै हुने भएकोले यस्ता खानेकुरा नखाने ।
(नुन कम खाने । थपेर नखाने ।
(अजिनोमोटो, बेकिङ्ग पाउडर, सस, अचार, प्याकेटको खानेकुरा, बेकरी आइटम नखाने ।
आस्थमारदम
के खाने
(कागती, किबी, ब्रोकाउली, टमाटर, शिमला मिर्च लगायत भिटामिन सीले भरिपूर्ण खानेकुरा ।
(चोक्करयुक्त गहुँको रोटी, दलिया, मुंगको दाल ।
(चेरी, खुरपानी, शंकरकन्द, हरियो खुर्सानी, गाँजर ।
(प्रोटिन, भिटामिन बी, तथा फाइबरयुक्त खानेकुरा । जस्तै, दाल, सोयावीन, अण्डा, हरियो सागसब्जी इत्यादी ।
(भिजाएको बदाम आस्थमाका विरामीका लागि लाभदायक हुनसक्छ ।
के नखाने
(तारेको तथा भुटेको खानेकुरा, जंक फुड, बासी खाना ।
(तारेको बदाम ।
डेयरी प्रोडक्ट्स तथा अमिलो र चिसो खानेकुरा ।
(केरा, पाकेको चुकन्दर, कटर इत्यादी ।
कब्जियत
के खाने
(कब्जियत भएमा विना नुन तथा वटरको पपकर्न खाने । कम क्यालोरीयुक्त खानेकुरामा फाइबरको मात्राा धेरै हुने भएकोले त्यस्ता खानेकुराको सेवन गर्ने ।
(आलुबखडामा फाइबर धेरै हुने भएकोले कब्जियतको समस्यामा आलुबखडाको सेवन फाइदाजनक मानिन्छ ।
(सागसब्जीको तुलनामा सिमी लगायतका गेडागुडीमा फाइबरको मात्रा दुई गुणा बढी हुन्छ । यसलाई तरकारीको रुपमा भन्दा सुपको रुपमा खानु लाभदायक हुन्छ ।
(किशमिश, अंजीर, खजुरमा फाइबरको मात्रा धेरै हुन्छ । जसले कब्जियत हटाउन मद्दत गर्छ ।
(ब्रोकाउली, होल ग्रेन, अन्न, पाकेको केरामा फाइबरको मात्रा धेरै हुने भएकाले यस्ता खानेकुरा खानु लाभदायक हुन्छ ।
के नखाने
(पनीर, आइसक्रिम लगायतका डेयरी प्रोडक्ट्स ।
(फ्याट बढी भएको खानेकुरा ।
(बेकरी आइटम ।
(काचो केरा, मुला, प्याज, रातो मासु, प्रोसेस्ड फुड इत्यादी ।
(कालो दाल, भन्टा , मैदा, मुसुरो, चिसो तथा बासी खानेकुरा ।
डायरिया
के खाने
(केरा, दही चामल, मुंगको दालको जाउलो वा सुप, लौका, रायता लगायतको हल्का खानेकुरा ।
(काक्रो, तरबुजा, खरबुजा जस्ता पानीको मात्रा उच्च हुने खानेकुरा ।

(मेवा, बेलको जुुस, गुलियो स्वाउ, अनार लगायतका फल ।
(नरिवल पानी, मोही , कागती पानी, लस्सी, उखुको रस, फलफूलको जूस ।
(दहीमा केरा मिसाएर पनि खान सकिन्छ । यसले डायरियामा आराम दिन्छ ।
के नखाने
(आलु , इम्ली, भण्टा, ब्रोकाउली, प्याज, गेडागुडी, बन्दा, अचार ।
(तारेको, मसलायुक्त, बासी तथा सचिलै नपच्ने खानेकुरा ।
(नढोकेको, झिंगा भन्केको खानेकुरा । लामो समय काटेर राखेको खानेकुरा ।
(सडक छेउ विक्रीमा राखेको खानेकुरा ।
(विवाह, भोजमा काटेर राखिएको सलाद ।
रुघाखोकी
के खाने
(स्याउ, मेवा, अंजीर, अनार, किवी लगायत भिटामिन ‘सी’ युक्त खानेकुरा ।
(पालुङ्गो, चुकन्दर, ब्रोकाउली, रातो भेडे खुर्सानी, मशरुम, शलगम , गाँजर लगायतका सागसब्जी ।
(गुड तातो हुने भएको गुडबाट बनेका खानेकुरा ।

के नखाने
(छिटो छिटो रुघाखोकी लाग्छ भने दही, पनीर, चीज कम खाने । यसले कफ बढाउनसक्छ । यो मौसमी भएकोले रातकोे समयमा दही नखाने ।
(तारेको खानेकुरा, मसलेदार खानेकुरा, चिसो खानेकुरा, ह्वाइट ब्रेड, पास्ता , नुडल्स ।
कफ
के खाने

(तातो खानेकुरा जस्तै, सुप, चिया, दूध इत्यादी ।

(अमिलो फल, अनार, स्याउ, मौसम , हरियो पत्तेदार सागसब्जी, सोयाविन, फलफूल।
(तुलसी पत्ता, सौफ, मह, अदुवा
के नखाने

(दूध, बटर, पनीर, फ्याटयुक्र खानेकुरा, मांसहारी खानेकुरा ।

(चिसो खानेकुरा जसले कफ बढाउँछ ।