मंसिर १, धरान । धरानमा सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको वीचमा खुल्ला चित्रकला प्रतियोगिताको आयोजना गरीने भएको छ ।
धरान प्रज्ञा प्रतिष्ठानको आयोजना तथा युवा कला केन्द्र पुर्वाञ्चलको सहकार्यमा सो चित्रकला प्रदर्शनी हुन लागेको हो
सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थीहरुमा चित्रकला बारेमा जानकारी तथा त्यसका शैली,अभिब्यजनलाई आत्मसात गरी क्षमता अभिबृद्धि गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
आयोजकले दिएको जानकारी अनुसार मंसिर ३ गतेदेखी ५ गते तीन दिन सम्म नगर स्तरीय चित्रकला प्रदर्शनी हुने भएको छ ।
धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फेले स्कुले बिद्यार्थीहरुमा चित्रकला सम्बन्धी र्सिजनामा थप टेवा पुग्ने र कला क्षेत्रको समेत बिकास गर्ने उदेश्यले प्रतियोगिता अयोजना गर्न लागिएको वताए
प्रतियोगिताको आयोजना धरान १८ स्थित बिमल स्मृति पुस्तकालयमा हुने आयोजक धरान प्रज्ञा प्रतिष्ठानले जनाएको छ । धरानमा रंगमञ्च, नृत्य, संगीत साहित्य, चित्रकला तथा मुर्तिकलाका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गरीसकेको छ ।