जाडो मौसमको सुरु भइसकेको छ । जाडोसँगै हाम्रो जीवनशैली पनि परिवर्तन हुने गर्छ ।
जाडोमा विभिन्न खालका स्वास्थ्य समस्याहरु देखापर्ने गर्छन् त्यसैले जाडोमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।
जाडो मौसममा विशेषगरि जोर्नीको दुखाईले अत्यधिक सताउँछ किनभने यो मौसममा मानिसहरु धेरै आराम गर्छन् र शारीरिक सक्रियता कम हुन्छ ।
हुन् त जाडोमा बाक्लो कपडाहरु लगाएर तातो खानेकुरा धेरै खाएमा हामीलाई कुनै स्वास्थ्य समस्याले सताउँदैन भन्ने हाम्रो आमधारणा छ तर, त्यतिले मात्रै पुग्दैन ।
दिन छोटो र रात लामो हुने भएकाले जीवनशैली परिवर्तन हुन्छ र खानपानको बानी पनि परिवर्तन हुन्छ । मानिसहरु व्यायाम गर्न अल्छि मान्छन जसले यो समस्या झनै बढ्छ ।
जोर्नीको दुखाई दुई खालको हुन्छ । कुनै दुखाई सामान्य खालको हुन्छ भने कुनै गम्भिर खालको पनि हुन्छ । सामान्य दुखाईलाई त खानपान र जीवनशैलीमा परिवर्तन ल्याएर ठिक गर्न सकिन्छ । तर, गम्भिर दुखाईको लागि उपचारको आवश्यकता पर्छ ।
एक अध्ययनका अनुसार हरेक ४ व्यक्ति मध्ये १ जना जोर्नीको दुखाईबाट पिडित छन् । यो समस्या पुरुषको तुलनामा महिलाहरुमा धेरै हुने गर्छ ।
जोर्नीको दुखाई के कारणले हुन्छ रु
जोर्नीको दुखाई हुनाको विभिन्न कारणहरु हुन्छन् । जस्तैः बोन फ्लुड वा मेम्ब्रेनमा परिवर्तन आउने, चोट लाग्ने वा भित्र कुनै रोगको संक्रमण हुने ।

त्यस्तै उमेर बढ्दै जाँदा कमजोर भएर, हड्डीको क्यान्सर, आर्थाइटिस, मोटोपना, ब्लड क्यान्सर साथै जोर्नीहरुको बीचको भागलाई लचिलो र चिल्लो बनाइराख्ने लुब्रिकेन्ट कम हुने, लिगामेन्टको लम्बाई र लचिलोपना कम हुने कारणले पनि जोर्नी दुख्ने गर्छ ।
जोर्नीलाई कसरी स्वस्थ राख्ने रु
जोर्नीको दुखाई खासगरि आर्थाइटिसको कुनै उपचार छैन । तर केही उपायहरु अपनाएर यसको चपेटामा आउनभन्दा पहिले नै जोर्नीहरुलाई बचाँउन सकिन्छ वा यसको चपेटामा आएमा पनि असरहरु कम गर्न सकिन्छ ।
(आर्थाइटिसको कारण जोर्नीमा हुने कार्टिलेजलाई नोक्सान पुग्छ । यो ७० प्रतिशत पानीले बनेको हुन्छ त्यसैले पानी धेरै पिउनुपर्छ ।
(क्याल्सियमयुक्त खाद्यपदार्थहरु जस्तै दूध, दूधले बनेका चीजहरु ब्रोकाउली सालमन पालुंगो राजमा बदाम तोफु आदिको सेवन गर्नुहोस् ।
(भिटामिन सी र डि स्वस्थ जोर्नीको लागि धेरै उपयोगी हुन्छ यसैले यसले भरपूर खाद्यपदार्थ जस्तै स्ट्रबेरी सुन्तला किवी भुँइकटहरु काउली, ब्रोकाउली दूध दही माछाको पर्याप्त सेवन गर्नुहोस् ।
(सूर्यको प्रकाशमा पनि केही समय बिताउनुहोस् यसले भिटामिन डी मिल्छ ।
(तौललाई नियन्त्रणमा राख्नुहोस् । तौल धेरै हुनाले जोर्नीमा दबाब पर्छ ।
(नियमित एक्सरसाइज गर्नुहोस् जसले जोर्नीकोदुखाई क मगर्न मद्धत गर्छ । तर यस्ता व्यायाम नगर्नुहोस् जसले जोर्नीमा दबाब धेरै पर्छ ।
(मदिरा र धुम्रपान सेवनले पनि जोर्नीलाई नोक्सान पुर्याँउछ । आर्थाइटिसबाट पिडित मानिसहरुले यदिय यसको सेवन बन्द गर्छन् भने उनीहरुको जोर्नी र मांसपेसीहरुमा सुधार आउँछ र दुखाई पनि कम हुन्छ ।
(फलफूल र हरियो तरकारीहरु धेरै मात्रामा सेवन गर्नुहोस् यसले ओस्टियो आर्थाइटिसबाट बच्न सकिन्छ ।

जाडोको मौसममा यसरी राख्नुहोस् विशेष ध्यान

(जाडोको मौसममा पनि नियमित व्यायाम गर्न अल्छी नगर्नुहोस् । शारीरिक रुपले सक्रिय रहनुहोस् ।

(जब बाहिर तापक्रम अत्यधिक कम हुन्छ त्यतिखेर बाहिर ननिस्किनुहोस् ।

(शरीरलाई सँधै बाक्लो कपडाले ढाक्नुहोस् ।

(पानी कम नपिउनुहोस् । ८(१० गिलास तातो पानी पिउनुहोस् ।

(चिसो खानेकुराको सट्टा गरम चीजको सेवन धेरै गर्नुहोस् । लसुन, प्याज, माछा, बदाम, काजु आदिको सेवन गर्नुहोस् ।

(जोर्नीको दुखाईको साथै सुन्निने, रातो देखिने समस्या छ भने तुरुन्त चिकित्सकलाई देखाउनुहोस् ।