विराटनगर – विराटनगरमा आयोजित मिस नेवा कोशी ११३८ को ताज विराटनगर निवासी सुधा श्रेष्ठले पहिरेकी छिन्। विराटनगरमा मंगलवार आयोजित सम्पन्न प्रतियोगिताको उपाधि सुधाले हात पारेकी थिइन ।
अन्य १२ जना प्रतिस्पर्धीलाई पछि पादै उनले उपाधी हात पारेकी थिइन ।
मञ्जिना मूभिज् प्रालिको आयोजनामा सम्पन्न प्रतियोगिताको फष्ट रनरअप मनिषा शाक्य र सेकेण्ड रनरअप आश्मा तुलाधर भएका छन्।
प्रतियोगितामा नायिका सञ्चिता लुइँटेल, जयन सुब्बा, डा सन्देशदास श्रेष्ठ, मकालु टेलिभिजनका कार्यकारी प्रमुख दिवस सुवेदी र सञ्चारकर्मी रस्मिला प्रजापतिले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
नेवारी संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा भोजपुर, भद्रपुर, मोरङबाट विभिन्न चरण पार गर्दै १३ जना युवतीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत जतिन ताम्राकारले बताएका छन्।