राणाहरूको जहानियाँ शासनमासमेत शासक फेरिनेबित्तिकै पुराना शासकको दरसन्तानलाई सताइने गरेको इतिहास पाईन्छ । निर्वाचनबाट शासक फेरिँदा नयाँ शासकप्रति अतिभक्ति र निवर्तमानप्रति अहिलेको परिपक्षमा असहयोग प्रकट हुनु अस्वाभाविक मान्न सकिन्न । संस्थागतरूपमा जति नै परिवर्तन भए पनि कर्मचारीको मानसिकता फेरिएको छैन् ।
मन्त्रीहरू धमाधम आर्थिक सहायता वितरण गर्नेदेखि कर्मचारीलाई दण्ड र पुरस्कार दिइहाल्न चाहन्छन् । त्यो काम गरिरहेका पनि छन् । एउटालाई निकाल्ने र अर्कोलाई नियुक्ति दिएर मोटो रकम असुल्ने चलखेलमा मन्त्रिहरु लागेका छन् । राज्यको ढुकुटीमा अरूले मनपरी गर्दा विरोध गर्नेहरू आफू सरकारमा पुग्नेबित्तिकै त्यस्तै शैलीमा आफूखुसी बक्सिस दिन थाल्छन् । प्रतिपक्ष दुधको साची विरालो बन्ने गर्दछन् । किन की सत्तामा पुगे पछि उनीहरुको पनि त्यही काम दोहो¥याउने भएकाले मौन बस्छन् ।
आर्थिक वर्षको अन्त्यतिर प्रत्येक वर्ष हरेक अर्थमन्त्रीले रकमान्तर गरेर आफ्ना कृपापात्रलाई योजनाका नाममा बक्सिस दिने गर्छन् । सत्तामा नहुँदा सबैले त्यसको विरोध गर्छन् र आफू पदमा पुग्नेबित्तिकै त्यही अभ्यास दोहो¥याउँछन् । यसैले होला सरकारमा हुँदा राज्यको ढुकुटी दोहन गर्ने कार्यकोे विपक्षीले खासै विरोध गर्दैनन् ।
अब संक्रमणकालीन अरू धेरै विकृतिजस्तै राज्यको ढुकुटीमा तजबिजी दोहनलाई सही ठान्ने र निरन्तरता दिने अभ्यास कुनै हालममा रोकिनु पर्दछ । राजनीति र समाज दुवैका लागि यो निकै डरलाग्दो सरुवा रोग हो । जनताको रगत पसिनाले जम्मा भएको राज्यकोष अव दोहन गर्नु हुदेन् । कमजोर व्यक्तिलाई संस्थागतरूपमै सहयाता दिने व्यवस्था मिलाउनुपर्छ । त्यो सहायता तल्लो स्तरका नागरिकले पनि पाउनु पर्दछ ।