धरान / नेपाल टेलिभिजनबाट प्रत्येक वुधबार प्रसारण हुदै आएको राष्ट्रव्यापी ‘रिओ छमछमी ३’ मा धरानकी केविका खत्री टप १० मा पर्न सफल भएकी छन् । उनी वुधबार भएको छनौट कार्यक्रममा टप ३ मा पर्न सफल भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरका अध्यक्ष कमल भटट्राईले बताए । खत्रीलाई अव रिओ छम्छमीमा विजय गराउन बढि भोटको आवश्यक परेकाले आफुलाई भोट गरिदिन उनले आग्रह गरेकीछिन् । वसका चालक काजी खत्रीकी छोरी केविका जिताउन मजदुर संगठनले अभियान शुरु गरेको भट्टराईले बताए । “हाम्रो सुन्दर धरानको शान पुर्वेली चेली जिताऊ अभियान’ अन्तर्गत भोटिङ प्रणाली हुरु गरिएको छ । भोटिङका लागि मोवाइल म्यासेजमा गएर अअ?कउबअभश्र ण्घटाइप गरि घद्धघद्धघ मा पठाउन सकिन्छ । त्यसका लागि प्रत्येक वुधबार राती १० वजे देखि विहान १० वजे सम्म भोट गर्न सकिनेछ । छमछमी ३ को टप टेनमा पर्न सफल केविका युएन कलेज धरान १० को विविएसमा अध्ययनरत रहेकी छन् । उनी नृत्य क्षेत्रमा धरानको गहना भएकाले सबैले भोट अभियान चलाउन उनको विद्यालय तथा परिवारले आग्रह गरेका छन् ।