धरान / विग इभेन्ट नेपालले आयोजना गरेको मिस प्लस टु २०१८ दोस्रो संस्करणको ताज धरान १६ को सियोन उमाविमा कक्षा ११ मा अध्ययनरत संगीना श्रेष्ठले हात पारेकीछन् । शनिबार राति धरान ८ स्थित सभागृहमा सम्पन्न भएको ग्राण्ड फेनालेमा अन्य २२ प्रतिस्पर्धीहरु पछि पार्दै उनले ताज हात पारेकी हुन । उनले मिस पर्सानालिटी र मिस भ्युअर च्वाइसको टाइटल पनि जितेकी छन् ।
उनले प्रमुख निर्णायक एवं मिस नेपाल निकिता चण्डकको प्रश्नको आज ताज जित्नु भएन भने तपाईको रिएक्सन के हुने छ भन्ने प्रश्नको सटिक र उत्कृष्ट जवाफ दिदै दोस्रो संस्करणको उपाधि तिजेकी हुन् । अनुभवलाईलाई सफलताको माध्यम मानेर अगाडी बढ्ने छु भनेर उनले जवाफ दिएकी थिईन । उनले नगद ५० हजार, १५ लाखको ज्योती विमा कम्पनिबाट जीवन विमा र ट्रफि पाईन । फष्ट रनरअप एम्स एकेडेमीकी छात्रा सोनु मगर भइन् । सेकेण्ड रनरअपको ताज धरान आर्दश कलेजकी छात्रा दिपिका गुरुङलले जितिन् । एम्समा कक्षा १२ मा अध्ययनरत छात्रा सोनुले नगद २५ हजार र १० लाख बराबरको दुर्घटना विमा र ट्रफि हात पारिन । धरान आर्दशमा १२ कक्षाकी छात्रा दिपिकाले नगद १५ हजार र ५ लाख बराबरको दुर्घटना विमा पनि पाइन् ।
फष्ट रनरअप सोनुले मिस डाइनामिकको टाइटल पनि जितेकी थिइन् । मिस डिसिप्लिन सोना राई, मिस फ्रेण्डसिप र मिस बेष्ट ड्रेसको उपाधि बेरुजा मादेनले जितिन् । मिस स्माइल प्रिति लिम्बु, मिस वेष्ट फोटोजेनिक प्रेजिता तामाङ, मिस ट्यालेन्ट सुजिता राई, वेष्ट वाक सुप्रिना शेर्पा, मिस एक्टिभ प्रतिमा श्रेष्ठ र मिस ब्युटिफुलको टाइटल सविना अधिकारीले हात पारेकीछन् ।
२३ प्रतिस्पर्धीहरु मध्येबाट निर्णायकहरुले टप १०, टप ५ छनौट गरि विजेता छानिएको हो । टप ५ मा संगीना श्रेष्ठ, सविना अधिकारी, सोनु मगर, दिपिका गुरुङ र सञ्जु लिम्बु छनौट हुन सफल भएका थिए । विजेताहरुलाई आयोजक विग इभेन्ट नेपाल प्रालिका अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी, मिस नेपाल निकिता चण्डक, लगायतले ट्रफि र पुरस्कार वितरण गरे । कार्यक्रम राती १२ बजेसम्म चलेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले महिलाहरु चुला चौकामात्र रुघेर बसेका छैनन् । विभिन्न भूमिकामा मञ्जमा छन् भन्ने उदाहरण यस कार्यक्रमले देखाएको बताईन । यहाँ सहभागीहरुले अव महिला हिंसा विरुद्धको आन्दोलनमा लागेर महिला हिसहामुक्त समाज निर्माण गर्न मेयर सुवेदीले सुझाव दिएकीछन् ।

miss plus 2